back
CTIZAN AD

अजोड इन्स्योरेन्सको प्राथमीक कित्ता सेयर(आईपिओ) भर्ने आज अन्तिम दिन, भर्ने हैन त ?

वि.सं.२०७७ असार २९ सोमवार

873 

shares

२९ असार काठमाडौं । नीर्जिवन बीमा कम्पनीहरुमा कान्छो इन्स्योरेन्स कम्पनीको रुपमा रहेको अजोड इन्स्योरेन्सको प्राथमीक कित्ता सेयर(आईपिओ) भर्ने सोमबार (आज) अन्तिम दिन हो ।

गत असार २५ बिहिबारदेखि कम्पनीले आईपिओ बिक्रि खुला गरेको छ ।

सो कम्पनीले ३० करोड रुपैंयाँ बराबरको ३० लाख कित्ता प्राथमि कित्ता सेयर निष्काशन गरेको हो । ती मध्ये १ लाख २० हजार कित्ता कर्मचारीहरुका लागि र १ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषका लागि छुट्याइएको छ । ती मध्ये बाँकी रहेको २७ लाख ३० हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

आबेदकले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ता सेयरको लागि आवेदन दिन सक्ने छन् । जम्मा २७ लाख ३० हजार कित्ताको लागि मात्र आबेदन खुला गरिएकाले २ लाख ७३ हजार जनाले मात्र सेयर पाउने भएकाले गोलाप्रथाको माध्यमबाट आइपीओ बाँडफाँड हुने पक्का छ। जानकारहरुका अनुसार यो कम्पनीमा आईपिओ भर्दा १० कित्तामा मात्र भरे हुन्छ ।

आईतबार साँझ ५ बजेसम्ममा तोकिएको भन्दा ५.४१ गुणा बढी आवेदन परेको बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटल ले जनाएको छ । उसका अनुसार आइतबार साँझ ५ बजेसम्म कूल ४ लाख १ हजार ५ सय २ अबेदकले करिब १ करोड ४७ लाख ८५ हजार १ सय ५० कित्ता बढी शेयरको लागि आवेदन दिएका छन् ।

यो कम्पनीको प्रथमिक कित्ता सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा एनआइबिएल एस क्यापिटल नियुक्त गरिएको छ । कम्पनीको हालको चुक्ता पूँजी ७० करोड रहेकोछ । आईपिओ निष्काश र बाँडफाँड पछि चुक्ता पुँजी १ अर्ब पुग्ने छ ।

नियामक निकाय बीमा समितिले जीवन बीमा कम्पनीको चुक्ता पूँजी २ अर्ब र निर्जीवन बीमा कम्पनीहरुको चुक्ता पूँजी १ अर्ब पुर्याउनै पर्ने बाध्यकारी व्यवस्था गरेको छ । सोहि व्यवस्था अनुसार चुक्ता पूँजी पुर्याउन पनि बीमा कम्पनीहरुले प्राथमीक सेयर निस्कासन गर्ने गरेका छन ।

त्यस्तै बीमा समूहका ४ वटा कम्पनीले सेयर निस्कासनको लागि धितो पत्र बोर्डमा आबेदन दिएका छन ।

सेयर कारोबारमा सबैभन्दा सुरक्षित प्राथमिक सेयर,कुन-कुन कम्पनीको खुल्दैछ त आइपीओ ?

अजोड इन्स्योरेन्सको सेयर खुल्दै, भर्ने हैन त !

चारवटा बीमा कम्पनीहरु १ अर्ब ८३ करोड रुपैंयाँको प्राथमिक कित्ता सेयर(आईपिओ) निस्कासनको तयारीमा

भर्ने होइन त आइपीओ ? अजोड इन्स्योरेन्सको आईपीओ आजदेखि बिक्रि खुल्ला

 

वि.सं.२०७७ असार २९ सोमवार ०९:१५ मा प्रकाशित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक...

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ...

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन...

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा रु तीन करोड...