back
CTIZAN AD

सेयर कारोबारमा सबैभन्दा सुरक्षित प्राथमिक सेयर,कुन-कुन कम्पनीको खुल्दैछ त आइपीओ ?

वि.सं.२०७७ असार २४ बुधवार

2.8K 

shares

२४ असार, काठमाडौं। सामान्यतया सेयरहरु २ किसिमका हुन्छन । प्राथमिक र द्वितीय सेयर । कुनै पनि कम्पनीहरुले पूँजी बृद्धि गर्ने उद्देश्यले प्राथमिक सेयर निस्कासन गर्ने गर्दछन भने द्वितीय सेयर चाहिं लगानीकर्ताहरुले आय आर्जनको रुपमा सेयर दलालहरु मार्फत किनबेच गर्दछन । नेपालमा हाल सम्म २५४ वटा कम्पनीहरुले सेयर निस्कासन गर्ने अनुमती लिएको दोस्रो बजारमा कारोबार गरिरहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । चालु आर्थिक बर्ष २०७६७७ मा मात्र ८ वटा कम्पनीहरुले ३ अर्ब ६० करोड ११ लाख ९८ हजार ६०० रुपैंयाँ बराबरका ३ करोड ६० लाख ११ हजार ९ सय ८६ कित्ता सेयर निस्कासन गर्ने अनुमति पाएका छन भने १७ वटा कम्पनीहरु पाईलाईनमा रहेको धितोपत्र बोर्डले जनाएको छ । शेयर निस्कासन अनुमती पाउनेहरुमा शिवश्री हाईड्रो पावर लिमिटेड, एनआरएन इन्फास्ट्रक्चर एण्ड डेभलोपमेन्ट लिमिटेड, नेपाल पूनर्बीमा कम्पनी लिमिटेड, लिबर्टी ईनर्जि कम्पनी लिमिटेड, युनाईटेड एलडिआई मर्दी एण्ड आरबी हाईड्रो पावर लिमिटेड, एनआईसिएसिया लघुबित्त बित्तिय संस्था, अजोड ईन्स्योरेन्स, साधना लघुबित्त बित्तिय संस्थाहरुले नियामक निकाय धितोपत्र बोर्डबाट प्राथमिक सेयर निस्कासनको अनुमती पाएका छन ।

सेयर निस्कासन गर्न अनुमती पाएका कम्पनीहरुमा २२ करोड १४ लाख ६० हजार चुक्ता पूँजी भएको शिवश्री हाईड्रो पावर लिमिटेडले चुक्ता पूँजीको २२.६९ प्रतिशत अर्थत ३३ लाख ५१ हजार १४० कित्ता, १ अर्ब १३ करोड २६ लाख ८२ हजार १०० चुक्ता पूँजी भएको एनआरएन इन्फास्ट्रक्चर एण्ड डेभलोपमेन्ट लिमिटेडले चुक्ता पूँजीको ३० प्रतिशत अर्थत ३३ लाख ९८ हजार ४६ कित्ता, १० अर्ब चुक्ता पूँजी भएको नेपाल पूनर्बीमा कम्पनी लिमिटेडले चुक्ता पूँजीको १६ प्रतिशत अर्थत १ करोड ६० लाख कित्ता, १ अर्ब ५० करोड चुक्ता पूँजी भएको लिबर्टी ईनर्जी कम्पनी लिमिटेडले चुक्ता पूँजीको २५ प्रतिशत अर्थत ३७ लाख ५० हजार कित्ता, ४२ करोड चुक्ता पूँजी भएको युनाईटेड एलडिआई मर्दी एण्ड आरबी हाईड्रो पावर लिमिटेडले चुक्ता पूँजीको २५ प्रतिशत अर्थत १० लाख ५० हजार कित्ता, १ अर्ब ४८ करोड चुक्ता पूँजी भएको एनआईसिएसिया लघुबित्त बित्तिय संस्थाले चुक्ता पूँजीको ३२.१३ प्रतिशत अर्थत ४७ लाख ५५ हजार कित्ता, १ अर्ब चुक्ता पूँजी भएको अजोड ईन्स्योरेन्सले चुक्ता पूँजीको ३० प्रतिशत अर्थत ३० लाख कित्ता, र २१ करोड ७७ लाख २८ हजार चुक्ता पूँजी भएको साधना लघुबित्त बित्तिय संस्थाले चुक्ता पूँजीका ३२.५ प्रतिशत अर्थत ७ लाख ७ हजार ८ सय कित्ता प्राथमिक सेयर निस्कासनको अनुमती पाएका छन ।

यी मध्ये नेपाल सरकारको समेत लगानी रहेको नेपाल पूनर्वीमा कम्पनीले लकडाउन भन्दा ठिक अगाडी नै प्रथमिक कित्ता सेयर निस्कासन गरेको थियो । लकडाउनकै बीचमा पनि उसले सेयर सेयरको बाँडफाँड गर्यो । आवेदकले न्यूनतम ४० कित्ता सेयर हात पारे । आरबीबी मर्चेटले उसको सेयर निस्कासन तथा बिक्री प्रबन्धकको जिम्मा पाएको थियो ।

त्यस्तै एनआईसि एसिया लघुबित्तले पनि प्राथमिक सेयर निस्कासन तथा बाँडफाँड गरेको छ । सेयर निस्कासन तथा बाँडफाँड प्रबन्धकमा सानिमा क्यापिटल रहेको सो कम्पनीको न्यूनतम १० कित्ता सेयर आबेदकहरुले प्राप्त गर्न सफल भएका छन

त्यस्तै अजोड इन्स्योरेन्सले असार २५ गते बिहिबारबाट सेयर निस्कासन गर्देछ । उसको सेयर निस्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल नियुक्त भएको छ । असार २५ गते बिहिबारबाट निस्कासन गर्न लागिएको सेयर असार २९ सोमबारसम्म रहने छ । सो समयाबधिमा पनि सेयर संख्या बराबर आबेदन नपरेको खण्डमा भने साउनको ८ गतेसम्म सेयरमा आबेदन दिन पाईन्छ

प्राथमिक सेयर समान्यतया १ सय दरका हुन्छन । यीनिहरुमा जोखिम कम हुन्छ । कुनै पनि कम्पनीरुले सेयरहरु निस्कासन गर्दा बिक्री प्रबन्धकहरु नियुक्ति गर्दछन । तिनिहरुले सेयरलाई पूँजीकरण गर्न सहयोग गर्ने गर्दछन । यी सेयरहरुको आबेदन अनलाईन तथा जुनसूकै बैंकहरु मार्फत पनि दिन सकिन्छ । यी सेयरहरु पनि धितो पत्र बजार मार्फत अन्ततः दोस्रो बजारमा नै कारोबार हुन्छन । तर दोस्रो बजारको सेयर किनबेच सोझै कम्पनीबाट नभै सेयर दलाल मार्फत हुन्छन । दोस्रो बजारको सेयर कारोबारमा जोखिम भने बढी नै हुन्छ । कुनै कम्पनीको सेयरको माग न्युन रहेको अबस्थामा त्यसको मूल्यमा नकारात्मक असर पर्दछ भने माग बढेको अबस्थामा भने मूल्य बढ्दछ ।

पछिल्ला दिनहरुमा सरकारी तथा ठूला कम्पनीहरुको दोस्रो बजारको मूल्य धेरै हुन गरेको छ । किनकी बजारमा तिनीहरुको पूर्ती भन्दा माग नै बढी हुन्छ । बढी सुरक्षित हुने हुनाले जति मूल्यमा किन्छु भन्दा पनि नपाउने अबस्था हुन्छ र महंगो हुन्छ । जस्तै नेपाल सरकारको पनि लगानी रहेको राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रति कित्ता सेयर मूल्य ९३८० रुपैंयाँ छ । त्यस्तै भर्खरै धितोपत्र बजारमा सुचिकृत भएको नेपाल पूनर्बीमा कम्पनी लिमिटेडको प्रतिकित्ता सेयर मूल्य ४८४ रुपैंयाले किनबेच भैरहेको छ भने निजी क्षेत्रको ठूलो बीमा कम्पनी नेपाल लाईफ ईन्स्योरेन्सको १२२३ रुपैंया प्रतिकित्ताका दरले सेयर किनबेच भएको छ । त्यस्तै उत्पादन मूलक समूह बहुराष्ट्रिय कम्पनी यूनिलिभरको प्रतिकित्ता सेयर मूल्य १९ हजार १९३ रहेको छ । यसले पनि ठूला कम्पनीहरुको सेयर बढी सुरक्षित हुने तथा बोनस पनि बढी नै पाईने भएका कारण लगानीकर्ताहरु त्यतातिर आकर्षित हुन्छन ।

यसरी हेर्दा प्राथमिक सेयर भनेको कुनै पनि कम्पनीको पूँजीको आकारलाई बढाउनको लागि थप लगानीकर्ता भित्राउने एउटा प्रक्रिया हो भने द्वितीय सेयरले बजारको पूँजीकरण गर्न महत्तवपूर्ण भूमिका खेलेको हुन्छ । सेयर निस्कासनका कारण पूँजी बढ्दछ र त्यसले समग्र अर्थतन्त्रमा नै सकारात्मक प्रभाब पार्दछ ।

वि.सं.२०७७ असार २४ बुधवार १४:३८ मा प्रकाशित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले...

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

काठमाडौँ । गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन्...

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन...

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...