उदय सोताङको यौटा गीत छ– ‘छिन छिनमै रुन मन लाग्छ, छिन छिनमै हाँस्न मन लाग्छ’, कार्यकर्ता र शुभेच्छुकलाई पनि यस्तै हुँदो हो ।
घरि खुसि भैहालिने र घरि दुखी हुने । कहिले काँहि त के गर्ने भन्ने दुविधासमेत हुँदो हो खुसि हुने कि दुखी हुने । अझ कहिले काँहि झुक्किदो पनि हो दुखी हुनु पर्ने बेलामा खुसि हुने अनि खुसि हुनु पर्नेमा दुखी हुने । किनकि पार्टी जो छ यसको काम कारबाही गतिविधि नै तेस्तै बनाउने खालको छ । पार्टी घरि फुटेजस्तो गरेर जुटेजस्तो हुन्छ त घरि जुटेजस्तो गरेर फुटेजस्तो हुन्छ । हुन त यो अन्तर्सघर्ष हो या होइन छलफल गर्न सकिन्छ तर यहाँ कार्यकर्ता भुल्याउनका लागि अन्तरसघर्षकै नाम दिइएको छ ।
कुन गुटको मन्त्री कति, कुन गुटको सांसद कति, कुन गुटका संख्या केमा घटि या बढि,राजनैतिक नियुक्तिमा कुन गुटका मान्छे परे वा परेनन् भन्ने विषयमा नेकपाभित्र खुब संघर्ष चलेको देखिन्छ । वैठकमा यस्ता विषयले प्रवेश पाउँदछन् अनि भाग नमिलेपछि घण्टौ लम्बिने मात्र होइन बैठक नै स्थगित हुने हुन्छ । अनि मोलमलाई हुन्छ, भागबन्डा मिल्छ अनि त पार्टी एकढिक्का भैहाल्छ । यता कार्यकर्ताहरु भने यस्ता बेतुकका पछाडि उत्सवै मनाउँछन् ।
कुन गुटको मन्त्री कति, कुन गुटको सांसद कति, कुन गुटका संख्या केमा घटि या बढि,राजनैतिक नियुक्तिमा कुन गुटका मान्छे परे वा परेनन् भन्ने विषयमा नेकपाभित्र खुब संघर्ष चलेको देखिन्छ । वैठकमा यस्ता विषयले प्रवेश पाउँदछन् अनि भाग नमिलेपछि घण्टौ लम्बिने मात्र होइन बैठक नै स्थगित हुने हुन्छ । अनि मोलमलाई हुन्छ, भागबन्डा मिल्छ अनि त पार्टी एकढिक्का भैहाल्छ ।
यता कार्यकर्ताहरु भने यस्ता बेतुकका पछाडि उत्सवै मनाउँछन् । हो यो यहि अन्तर्सघर्ष जससँग जनताको, शुभेच्छुकको लेनादेनाको केहि सम्बन्ध छैन । सम्बन्ध उनिहरुकै छ जसको गुट चलाउनको लागि मान्छे ठाउँमा पुर्याउन छ । सम्बन्ध उनिहरुकै छ जसको गुट चलाउनको अर्थ संकलन गर्नु छ ।
एउटा जीवन्त पार्टीमा छलफल हुनु, बहस हुनु, पक्ष विपक्षमा कित्ताकाट हुनुलाई कम्युनिष्टहरुले अन्तरसंघर्ष भनेर नामाकरण गर्दछन् । पार्टीलाई थप सैद्धान्तिक उचाईमा पुर्याउन यस खालका अन्तरसंघर्षहरु हुने गर्छन । खासमा अन्तरसंघर्षले पार्टी फुट्ने नभई रुपान्तरण भई जुट्ने पद्धतिको निर्माण हुन्छ । साबिकको नेकपा माओवादीले त दुईलाईन संघर्षलाई व्यवहारिक र सैद्धान्तिक रुपमा नै स्वीकार गरेको थियो तर, सरकारी नेकपाको अन्तरसंघर्ष भने विचित्रको छ । यहाँ पद जोगाउने र पद खोस्ने अन्तरसंघर्ष निरन्तर छ ।
सत्ता प्राप्तिमा केन्द्रित संघर्ष
पछिल्लो समय नेकपाको संघर्ष सत्ता सहभागिताको संघर्ष हो । कुनै पनि गुटका वैठक वा पार्टीका वैठकमा संघियतालाई कसरी सबल बनाउन सकिन्छ, जनताको सेवालाई कसरी सहज सरल बनाउन सकिन्छ, अन्तराष्ट्रिय सम्बन्धलाई कसरी राष्ट्र हितमा प्रयोग गर्न सकिन्छ, राष्ट्रिय सुरक्षा प्रणालीलाई कसरी मजबुत बनाउन सकिन्छ, भन्ने सवालमा कहिँ कतै कसैबाट छलफलको एजेन्डा हुनुपर्छ भनिएको छैन ।
सत्ताभित्रको सत्ता र सत्ताभित्रको प्रतिपक्षको यो नङ्ग नाचले दुई तिहाई नजिकको कम्युनिष्ट भनिएको सरकारले संसार हसाँइरहेको छ । हुन त यसका मूख्य नेता हाँसि मजाकमा अलि बढि नै विश्वास गर्छन । पार्टीका नेताहरु भने कथाले मागे झैं गरि घरि कता घरि कता टाँसिरहन्छन् । कतै नदेखिएका पनि जोखना हेरेर बसेका देखिन्छन् ।
देश यतिवेला चरम भ्रष्टचारमा डुबिरहेको छ । वाइडवडि काण्ड, सुनकान्ड,यति,ओम्नि,बालुवाटार जग्गा प्रकारण, अपहरण, सेक्युरिटी प्रेसजस्ता काण्डै काण्डमा जेलिएको छ । चरम वेथितिको परिणाम आम जनताहरु भोग्न बाध्य छन् । अंगिरा पासि तथा नवराज विकहरु तल्लो जात भएकै नाममा मारिन्छन् । सूर्यबहादुर तामाङहरु खाना नपाएकै कारण मारिन्छन । क्वारेन्टिनमा जीवनजल नपाएर राजु सदाहरु मारिन्छन । सामान्य बिरामीहरु रेफरदेखि रेफरको चक्करमा परेर मारिन्छन तर नेकपाको एजेन्डमा यी पर्दैनन् ।

अग्रगमन होइन पश्चगमन तिरको संघर्ष
अहिले संघियता असफल भयो भनेर सडकमा आवाज सुनिन थालेको छ । प्रदेशका संरचना निकम्मा जस्तै देखिन थालेका छन् । स्थानिय तह भ्रष्टचार अखडा जस्तै भयो भनेर नेताहरु नै गुनासो गर्ने गरेका छन् । संघियतामा कहाँ नेर कमजोरी भयो,समस्याहरुलाई कसरी सम्बोधन गर्ने भनेर छलफलका लागि एजेन्डा तय हुँदैन । सारा असफलको दोष संघियताले बोक्नु पर्ने अवस्था देखिएको छ । पार्टीभित्र गुट, गुटभित्र उपगुट र उपगुटभित्र आफन्तबाद, नाताबाद, फरियाबाद प्रस्टै देख्न सकिन्छ ।
रेमिट्यान्सले अडेको मुलुक कोभिड संकटले थप थला परेको छ । देशको अर्थतन्त्र डामाडोल हुने स्थितिमा छ । ग्रामिण क्षेत्रमा मानवीय श्रम थुप्रिएको छ । ग्रामिण अर्थतन्त्र कसरी सबल बनाउने, कस्ता–कस्ता कार्यक्रमहरु सुरु गर्ने भन्ने तिर ध्यान गएको देखिदैन । पार्टीको एजेन्डमा यी विषय बस्तु पर्दैनन् । सरकारका अर्थमन्त्री धमाधम युवाहरुलाई विदेश पठाएपछि ठिकठाक हुने घोषणा गर्छन् ।
अहिले संघियता असफल भयो भनेर सडकमा आवाज सुनिन थालेको छ । प्रदेशका संरचना निकम्मा जस्तै देखिन थालेका छन् । स्थानिय तह भ्रष्टचार अखडा जस्तै भयो भनेर नेताहरु नै गुनासो गर्ने गरेका छन् । संघियतामा कहाँ नेर कमजोरी भयो,समस्याहरुलाई कसरी सम्बोधन गर्ने भनेर छलफलका लागि एजेन्डा तय हुँदैन । सारा असफलको दोष संघियताले बोक्नु पर्ने अवस्था देखिएको छ । पार्टीभित्र गुट, गुटभित्र उपगुट र उपगुटभित्र आफन्तबाद, नाताबाद, फरियाबाद प्रस्टै देख्न सकिन्छ ।
बैठक बाहिर बैठक,बैठक पछि बैठकक, अनि बैठकभित्र बैठकको अनन्त श्रृखला धकेल्दैछन् । यिनको वैठकबाट देश जनतालाई लाभ हुने कुनै निर्णय हुँदैन । वैठक हेरेर जनता, कार्यकर्ता मुर्ख बन्नु बाहेक अरु कुनै उपलब्धि हुँदैन । संगै बस्न नपाएको, उस्तै खाले कुर्सि नभएको, कोही अघि बस्न नपाएको, कोही पछि बस्नु परेको जस्ता बकम्फुसे झिना मसिना कुराहरमा बैठकले मुख्य समय लिन्छ । सकभर वैठकमा नबस्ने, बस्नै परे बहाना बनाउने वा सर्तमा मात्रै वैठकमा उपस्थिति हुने अनौठो परिदृश्य देख्न पाईन्छ ।
संविधानमा समाजबाद उन्मुख उल्लेख गरिएको छ । समाजबाद उन्मुख कति भयो कति भएन, त्यहाँ छलफल हुँदैन। समाजबादका निम्ति आधारभुत संरचना खडा भएक कि भएनन्, कस्ता–कस्ता नीति अख्तियार गरिए, तिनका उपलब्धि के भयो, अब उप्रान्त कस्ता नीति कार्यक्रम अख्तियार गर्ने यी विषय पार्टीको एजेण्डा बनेको सुन्न पाइएन । लेनिनले अन्तरसंघर्ष नभएको पार्टी मृत बराबर भनेका छन् । यसरि हेर्दा अन्तरसंघर्ष सत्य असत्य, ठिक बेठिकबीच हुनु पर्ने हो तर भाग खोस्ने र जोगाउनेबीच भैरहेको छ । कमि कमजोरी सुधार अग्रगमन तिर बढ्नु पर्ने हो तर झन पश्चगमन तिर गैरहेको देखिन्छ ।
नेकपाको अन्तरसंघर्षको कुनै अर्थ छैन
अन्तरसंघर्षले फूट पनि पैदा गर्छ । सबै जुट सहि र सबै फुट गलत भन्ने हुँदैन । यसको उद्देश्यमा निर्भर रहन्छ । जुट र फुट कसका लागि हो भन्ने कुरा प्रमुख हो । आधारभुत जनताको जीवन रक्षाको लागि फुटे पनि सहि हुन्छ भने मुठ्ठिभर मालिकका लागि जुटेको एकताको कुनै अर्थ हुँदैन तर नेकपाको अन्तरसंघर्षबाट आत्तिनु पर्दैन । कार्यकर्ता बेचैन हुनु पर्ने स्थिति छैन ।
यस खालको अन्तरसंघर्षले कार्यकर्ताहरुलाई उल्झनमा राख्ने, दास मनोबृत्तिको विकास गराउने,आलोचनात्मक हुनबाट नियन्त्रण गर्ने कोशिस गर्छ । व्यवस्था बदल्ने अन्तरसंघर्ष, विचार व्यवहार बदल्ने अन्तरसंघर्ष, झोपडीको जीवन रक्षा गर्ने अन्तरसंघर्ष वा समग्र देशै बदल्ने अन्तरसंघर्ष नभएको र आम जनताको एजेन्डा नबन्ने नेकपाको अन्तरसंघर्षको कुनै अर्थ छैन ।
व्यक्तिगत स्वार्थ गुटगत स्वार्थको लागि भएको अन्तरसंघर्ष व्यक्तिको व्यवस्थापन र गुटको स्वार्थ पुरा हुने वित्तिकै सकिन्छ । पार्टीमा विचारमा धुविकरण भएको छैन् स्वार्थ समूहको गठजोडा भएको हो । पार्टीलाई अन्तरसंघर्षले रुपान्तरणमा लैजानु पर्नेमा बार्गेनिङमा टुङ्गिने गरेको छ । भागबन्डामा निहित हुने अन्तरसंघर्षले देश र जनताको निम्ति कुनै उपलब्धि दिँदैन ।
यो अन्तरसंघर्ष उसको मात्रै किन रजाँई, हामीले किन नपाउने भन्ने शैलिको छ । यो भुई मान्छेहरुलाई केन्द्रविन्दु बनाएर गरिएको अन्तरसंघर्ष पनि होइन । मेरो गुटको मान्छे त्यहाँ नपुग्दा गुटै कमजोर हुन्छ कि, कतै गुटै पो फेर्छ कि भन्ने मनोभावले प्रेरित अन्तर संघर्ष हो ।
यस खालको अन्तरसंघर्षले कार्यकर्ताहरुलाई उल्झनमा राख्ने, दास मनोबृत्तिको विकास गराउने,आलोचनात्मक हुनबाट नियन्त्रण गर्ने कोशिस गर्छ । व्यवस्था बदल्ने अन्तरसंघर्ष, विचार व्यवहार बदल्ने अन्तरसंघर्ष, झोपडीको जीवन रक्षा गर्ने अन्तरसंघर्ष वा समग्र देशै बदल्ने अन्तरसंघर्ष नभएको र आम जनताको एजेन्डा नबन्ने नेकपाको अन्तरसंघर्षको कुनै अर्थ छैन ।
वि.सं.२०७७ असार २४ बुधवार १४:५७ मा प्रकाशित