back
CTIZAN AD

नेपालमा १ लाख ३० हजार बढी लागू औषध प्रयोगकर्ता, जसमा ६.७ प्रतिशत महिला

वि.सं.२०७७ असार २४ बुधवार

5.3K 

shares

२४ असार, काठमाण्डौं । नेपालमा लागू औषध प्रयोगकर्ताको संख्या १ लाख ३० हजार ४२४ रहेको छ ।

जसमा पुरुषको संख्या ९३.३ प्रतिशत रहेको छ भने महिलाको संख्या ६.७ प्रतिशत रहेको तथ्यांकले देखाएको छ ।

विभिन्न संघ संस्थाको सहकार्यमा गृहमन्त्रालयले गरेको सर्वेक्षणका क्रममा यस्तो तथ्यांक भेटिएको हो । मन्त्रालयका अनुसार २०७६ कात्र्तिक १३ देखि देखि २०७७ असार १५ सम्म (१ वर्ष) गरिएको सर्वेक्षणमा यस्तो तथ्यांक आएको हो ।
मन्त्रालयका अनुसार गतवर्ष भन्दा यसवर्ष लागूपर्दाथ सेवनकर्ता घटेका छन् । विगतको ११.३६ प्रतिशतबाट घटेर हाल ५.६ प्रतिशत रहेको बताइएको छ ।

लागू औषध प्रयोगकर्तामध्ये १ लाख २१ हजार ६९२ जना पुरुष र ८ हजार ७३२ जना महिला रहेका छन् ।
प्रयोगकर्ताहरुमध्ये ५१.१ प्रतिशत (५१.९ प्रतिशत पुरुष र ३५.४ प्रतिशत महिला) ले एकान्तमा स्थानमा लागू औषध प्रयोग गर्ने गरेको सर्वेक्षणले देखाएको छ ।

त्यसैगरी ४० प्रतिशत प्रयोगकर्ताहरु कुनै पेशामा आवद्ध नरहेको तथ्यांकले देखाएको छ । लागू औषध प्रयोगकर्ता महिलाहरुको सबैभन्दा ठूलो अनुपात (७१.७ प्रतिशत) बेरोजगार रहेको देखिन्छ । जुन पुरुष प्रयोगकर्ता (३८.० प्रतिशत) को तुलनामा धेरै रहेको सर्वेक्षणमा देखिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार प्रयोगकर्ताहरुमा युवाको संख्या धेरै रहेको छ भने उनीहरुमध्ये कतिपयले २० वर्ष कम उमेरमा नै लागूपर्दाथ सेवन गरेको देखिन्छ । यसको प्रयोगकर्ता मध्ये ८८.० प्रतिशतले गाँजा जन्य, ६३.४ प्रतिशतले अफिमजन्य, ५२.२ प्रतिशतले आनन्ददायी पर्दाथ, ९२.३ प्रतिशतले सुँघ्ने पर्दाथ, २३.८ प्रतिशतले भ्रमात्मक पदार्थ र ४५.८ प्रतिशतले उत्तेजनात्मक पर्दाथ सेवन गरेको देखिन्छ ।

वि.सं.२०७७ असार २४ बुधवार १५:२० मा प्रकाशित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले...

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

काठमाडौँ । गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन्...

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन...

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...