back
CTIZAN AD

बादल खुलेरै लागे ओलीतिर, प्रचण्ड बन्दै छन् कमजाेर

वि.सं.२०७७ असार २४ बुधवार

738 

shares

काठमाडाैं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्र गम्भीर विवाद देखा परेका बेला सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापाको भूमिकालाई लिएर अनेक अड्कलबाजीहरू चल्ने गरेका छन्। पूर्वमाओवादी नेता थापाले कहिले प्रचण्डलाई छाडेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएको त कहिले ‌‌प्रधानमन्त्रीको साथ छाडेको खबर आउने गरेका छन्।

त्यसै पनि जल्दाबल्दा विषयहरूमा सार्वजनिक रूपमा खुल्न नचाहने उनको स्वभावले गर्दा पनि धेरैले पार्टी विखण्डनको सङ्घारमा पुगेका बेला उनको भूमिकाप्रति चासो राखेको पाइन्छ। तर नेकपा राष्ट्रिय सभाका सदस्यहरूको एउटा समूहसँग मङ्गलवार भएको भेटमा उनी खुला रूपमा प्रधानमन्त्री ओलीको पक्षमा प्रस्तुत भएको ओली पक्षका नेताहरूले जनाएका छन्।

‘पार्टी फुटे देश दुर्घटनामा’

प्रधानमन्त्रीलाई पद छोड्न लगाउने र रोक्ने दुई ध्रुवमा पार्टीका नेता-कार्यकर्ता विभाजित भएका बेला आखिर गृहमन्त्रीको धारण के हो?
उनका राजनीतिक सल्लाहकार समेत रहेका नेकपा केन्द्रीय सदस्य सूर्य सुवेदी भन्छन्, “दुईवटा अध्यक्ष मिल्दामात्रै समस्याको समाधान गर्न सकिन्छ। दुईजना नमिल्दा देश, पार्टी र सबै धेरै ठूलो अप्ठेरो र दुर्घटनातिर जान्छ।”

“त्यसकारण मिलनको निम्ति सचिवालयमा यसअघि जुन समझदारी भएको थियो त्यसलाई विकास गर्नुपर्छ। यसको निम्ति दुईजना अध्यक्षले गृहकार्य गर्नुहोस् भन्ने उहाँको मूल ध्येय हो।”

पार्टी एकता गर्नुअघि भएको ‘सरकारको नेतृत्वमा आलोपालो गर्ने’ पूर्वसहमति थियो। तर नेकपा सचिवालयले ओलीले पाँच वर्ष सरकारको नेतृत्व गर्ने नयाँ निर्णय गरेको थियो। सल्लाहकार सुवेदीले त्यही सहमतिलाई उद्धृत गर्नुको अर्थ ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हटाउन हुन्न पक्षमा गृहमन्त्री रहेको भन्न मिल्छ? उनले जवाफ दिए, “त्यो सकिन्छ।”

गणितको खेल

प्रधानमन्त्रीले आफूमाथि आक्रमण भइरहेको भन्दै मन्त्रीहरूलाई आ-आफ्नो कित्ता स्पष्ट गर्न केही दिनअघि आग्रह गरेको समाचारहरू आएका थिए।अध्यक्ष प्रचण्ड सहित वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपाल प्रधानमन्त्रीलाई पद त्याग्न गराउन दृढ रहेको खबरमाझ स्थायी समितिको बैठक बुधवार पनि स्थगित भएको छ।

स्थगनको शृङ्खला लम्बिँदै गएका बेला दुई अध्यक्षबीच छलफलको शृङ्खला भने जारी छ। पार्टीको कुनै निकायले भन्दैमा प्रधानमन्त्री राजीनामा नदिने पक्षमा रहेको बुझिन्छ।

त्यस्तो स्थितिमा प्रधानमन्त्रीलाई संसदीय दलबाट हटाउन खोज्ने र जोगिन वा जोगाउन चाहेको पक्षमा सांसदहरूको बहुमत आवश्यक हुन्छ। त्यस अर्थमा पनि गृहमन्त्री थापाको भूमिका महत्त्वपूर्ण हुने ठानिएको छ।

खुलेकै हो त अन्योलको बादल ?

सांसदहरूको सङ्ख्यामा धेरैले चासो राखेका बेला राष्ट्रिय सभामा नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराई सहित पाँचजना सदस्य मङ्गलवार गृहमन्त्री थापालाई भेट्न गएका थिए। त्यस भेटमा पनि गृहमन्त्री थापाले प्रधानमन्त्री परिवर्तनको पक्षमा नरहेको कुरा राखेको ओली निकट नेताहरूले जनाएका छन्।

भट्टराईले भने, “उहाँले वैशाख २० र मङ्सिर ४ गते भएको सहमति र दुई अध्यक्षको कार्यविभाजन जे गरिएको छ, त्यसमै अडिएर जानु पर्छ भनेर स्पष्ट रूपमा भन्नुभएको छ।”

भट्टराईका भनाइमा गृहमन्त्रीले ‘पार्टी विभाजन हुनुहुँदैन, नेतृत्व परिवर्तन गर्ने कुरा अहिले हुँदैन, त्यो कुराले प्रतिक्रान्ति हुन्छ, कसैलाई पनि निषेध गर्नु हुँदैन, मैले यही कुरा स्थायी कमिटीमा बोल्छु’ भनेका थिए।

भट्टराई र सल्लाहकार सुवेदीको भनाइबाट गृहमन्त्री थापाबारेको बाहिर देखिएको अन्योलको बादन अन्त्य हुने बुझिन्छ। तर मङ्गलवार गृहमन्त्रीलाई भेट्न गएका राष्ट्रिय सभाका अर्का सदस्य जीवन बुढाले पार्टी नेतृत्व वा प्रधानमन्त्री परिवर्तन गर्ने विषयमा गृहमन्त्रीले केही नबोलेको बताए।

‘त्यस्तो होइन’

उनले भने, “पार्टी विभाजन भयो भने प्रतिक्रान्तिकारीलाई फाइदा पुग्ने र क्रमश: राजनीतिक नेतृत्व प्रतिक्रान्तिकारीका हातमा पुग्ने स्थिति पैदा हुन्छ, एकता जोगाउनु पर्छ भन्नु भएको थियो।”

निर्वाचनमा टिकट वितरण गर्दादेखि अहिलेसम्म असन्तुलित निर्णय गरेका कारण पार्टीमा अन्तर्विरोध देखा परेको धारणा गृहमन्त्रीले राखेको पनि उनले जनाए। उनका अनुसार ‘ती सबै कुराको समीक्षा गरेर समाधान खोज्दा एकतामा पुगिने अन्यथा पार्टी एकता जोखिममा रहेको’ मूल्यङ्कन गृहमन्त्रीले सुनाएका थिए।

तर गृहमन्त्री थापा स्वयम् यसबारे अहिल्यै सञ्चारमाध्यमसँग कुराकानी गर्ने पक्षमा नरहेको उनको सचिवालयले जनाएको छ। बीबीसीबाट

वि.सं.२०७७ असार २४ बुधवार १५:२८ मा प्रकाशित

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरुले विरोध...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरूपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...