
२४ असार, काठमाण्डौं । नेपाली दूतावास कोरियाले हवाई भाडा सम्बन्धी सूचना जारी गरेको छ ।
सिओलस्थित दूतावासले बुधबार एक सूचना जारी गर्दै जुलाई १०-१५ मा इन्चन–काठमाडौँ कोरियन एयरको चार्टड उडान हुने जानकारी दिँदै सोको एकतर्फि भाडा अमेरिकी डलर ६०० मा नबढ्ने गरी तय भएको जानकारी दिएको हो ।
‘त्यसमा ५ प्रतिशत अतिरिक्त शुल्क लिन सकिने सम्बन्धमा नेपाल नागरिक उड्डयन प्राधिकरणको २०२० जुलाई ७ को पत्रबाट लेखि आएको व्यहोरा जानकारीका लागि अनुरोध छ ।’ दूतावासद्धारा जारी सूचनामा भनिएको छ ।