back
CTIZAN AD

भारतीय फिल्मी क्षेत्रमा आत्महत्याको अर्को खबर, टिभी अभिनेताद्वारा आत्महत्या

वि.सं.२०७७ असार २४ बुधवार

681 

shares

असार २४ । भारतीय फिल्मी क्षेत्रमा एकपछि अर्को दुखद् घटनाहरु भएका छन् ।अघिल्लो महिनामात्र अभिनेता शुसान्त राजपुतको आत्महत्याको खबर सेलाउन नपाउँदै भारतीय टेलिभिजनका अभिनेता सुशील गौडाले आफ्नै मांड्यामा रहेको आफ्नै घरमा आत्महत्या गरेको खबर छ ।

भारतीय संचारमाध्यमका अनुसार आत्महत्याको वास्तविक कारण अझै खुल्न सकेको छैन । उनको मृत्युबाट दुखित बनेका उनका शुभचिन्तकहरु तथा साथीहरुले टेलिभिजन उद्योगलाई शोक सन्देश पठाएका छन् ।

३० वर्षीय गौडाले रोमान्टिक सीरियल अन्थपुरा र राधा रमानामा अभिनय गरेका थिए। सुशीलको मृत्युबाट स्तब्ध रहेकी अमिता रंगानाथ, सुशीलसँग स्क्रिन स्पेस साझेदारी गरेकी थिइन् । उनी भन्छिन्, “मैले मेरो साथीबाट खबर पाएँ। म अझ पक्का विश्वास गर्न सक्दिन कि उहाँ अब हुनुहुन्न। उहाँ यति मीठो र कोमल हृदयको व्यक्ति हुनुहुन्थ्यो जसले कहिल्यै आफ्नो धैयता गुमाउनु भएन। उहाँले हामीलाई यत्ति चाँडो छोडेकोमा अत्यन्त दु:खी छौ । उहाँसँग मनोरन्जन क्षेत्रमा अझ बढी सफलता प्राप्त गर्ने प्रतिभा थियो। ”

धारावाहिक अन्थपुराका निर्देशक अरविन्द कौशिकले आफ्नो फेसबुकको पृष्ठमा पोस्ट गरेका छन् ‘दुखद समाचार मैले सुने। टिभी धारावाहिक अन्तापुरामा अभियन गरेका सुशील गौडा अब रहेनन। उनको आत्मालाई शान्ति मिलोस्’।

स्रोतका अनुसार सुशील मंगलबार आत्महत्या गरेका थिए । अभिनय बाहेक, सुशील फिटनेस ट्रेनर पनि थिए। सुशील कनड़ा फिल्म उद्योगमा आफूलाई स्थापित गर्न खोजिरहेका थिए। उनले आउँदै रहेको फिल्म सलगामा एक पुलिसको भूमिका खेलेका छन् जसमा दुनिया विजय मुख्य भूमिकामा छन्।

शुसिलको मृत्युको खबर सुनेपछि, दुनिया विजयले आफ्नो फेसबुक पेजमा पोस्ट गरेका छन् ‘जब मैले उनलाई पहिलो पटक देखें मैले सोचे कि उनी नायक हुने खालका थिए। चलचित्र रिलीज हुनुभन्दा अघि नै उनले हामीलाई छा्डेर गयो। कुनै पनि समस्याको समाचार आत्महत्या होइन । मलाई लाग्छ मृत्युको श्रृंखला यस बर्ष अन्त्य हुने छैन। यो केवल कोरोनाभाइरसका कारणले मात्र होइन मानिसहरू डराइरहेका छन्, मानिसहरूले विश्वास गुमाइरहेका छन् किनभने उनीहरूसँग जागिर छैन जसले तिनीहरूलाई जीवन जिउन पैसा दिन्छ। यस्ता समस्याबाट बच्न हामी अझ शसक्त हुनुछ ।’

वि.सं.२०७७ असार २४ बुधवार १६:०२ मा प्रकाशित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...

म्याग्दीको सुन्दर गाउँ गुर्जामा  पहिलोपटक चलचित्र छायाङ्कन

म्याग्दीको सुन्दर गाउँ गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

बेनी (म्याग्दी) । धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको...

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

  काठमाडौं । नेपाली चलचित्र बजारमा यसपटक अनपेक्षित रूपमा चलचित्र...

‘लालीबजार’ प्रदर्शनमा

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च...

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

काठमाडौं । शिक्षक–विद्यार्थी सम्बन्धको भावनात्मक कथावस्तु समेटिएको नेपाली चलचित्र गुरु...

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

काठमाडौं । नेपाली चलचित्र ‘गुरु आमा’ को ट्रेलर सार्वजनिक गरिने...