back
CTIZAN AD

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

वि.सं.२०८३ जेठ ४ सोमवार

492 

shares

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरुले विरोध जनाएका छन् ।

बैठक प्रारम्भ हुनासाथ सो पार्टीका अध्यक्ष हर्कराज राईसहितका सदस्यहरुले आफ्नो स्थानबाट उठेर सरकारको विरोध गरिएका ‘प्ले कार्ड’ देखाउँदै सभामुखको वेल घराउ गर्न पुग्दा मर्यादापालकले रोकेका थिए । उक्त पार्टीको विरोधप्रति ध्यानाकर्षण गराउँदै सभामुख डोलप्रसाद अर्यालले पर्चा देखाएर सदनमा विरोध गर्ने शैली संसदीय अभ्यास र मर्यादाविपरीत भएको बताए ।

उनले यस प्रकारको विरोध आगामी दिनमा नगर्न आदेश दिए । सो पार्टीले नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका विषयमाथि जवाफ दिन प्रधानमन्त्री वालेन्द्र शाह उपस्थित नभएपछि यसअघिको गत वैशाख ३१ गतेको बैठक बहिष्कार गरेको थियो ।

आजको बैठकमा कार्यव्यवस्था परामर्श समितिमा रहनुहुने सदस्यहरुको हेरफेर, प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन पेस र आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलका कार्यसूची रहेको छ ।

वि.सं.२०८३ जेठ ४ सोमवार ११:५५ मा प्रकाशित

अन्तर्वार्ताको मिति छिटो मिलाइदिन्छु भन्ने दाबी गर्नेहरूसँग सावधान रहन अमेरिकी दूतावासको आग्रह

अन्तर्वार्ताको मिति छिटो मिलाइदिन्छु भन्ने दाबी गर्नेहरूसँग सावधान रहन अमेरिकी दूतावासको आग्रह

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले भिसा अन्तर्वार्ताको मिति छिटो मिलाइदिने...

बैंकिङ कसुर मुद्दाका चार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका चार प्रतिवादी पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर...

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

डोटी । डोटीको जोरायल गाउँपालिका–४ देउथलीमा मादक पदार्थ सेवन (मापसे)...

फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य एवं...

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

काठमाडौँ । विद्यार्थीहरूले आफैँ पैसा उठाएर ‘केक’ ल्याएका थिए ।...

ऐन संशोधनका लागि पत्राचार

ऐन संशोधनका लागि पत्राचार

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले सुरक्षित मातृत्व तथा प्रजनन...