back
CTIZAN AD

जङ्गली भ्याकुर खाँदा एकको मृत्यु, आठ जना बिरामी

वि.सं.२०८३ जेठ ४ सोमवार

312 

shares

बलेवा (बागलुङ) । निगुरो टिप्न जङ्गल गएकाहरुले ल्याएको भ्याकुर खाँदा पश्चिम बागलुङको बडिगाडमा एक जनाको मृत्यु भएको छ । जङ्गली भ्याकुर खाँदा अन्य आठ जना बिरामी परेका छन् ।

घर नजिकैको जङ्गलबाट ल्याएको भ्याकुर खाँदा बडिगाड गाउँपालिका–५ दाग घर भई खार बजार बस्ने ७२ वर्षीय फिरमकुमारी घिमिरेको ज्यान गएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिए ।

प्रहरी निरीक्षक मानन्धरका अनुसार, दीर्घरोगी घिमिरेको घरमै ज्यान गएको हो भने अन्य आठ जना भ्याकुर खाएपछि बिरामी परेका छन् । बिरामी हुनेहरुमा बडिगाड गाउँपालिका–५ खारका ५५ वर्षीय दुरपती कामी, ५५ वर्षीय विष्णु घिमिरे, २३ वर्षीय शारदा न्यौपाने, ४३ वर्षीय सुरेन्द्र विक, ६३ वर्षीय भोजराज घिमिरे, ६२ वर्षीय पुतली घिमिरे, ६५ वर्षीय खिमानन्द घिमिरे र १४ वर्षीय अबिसन घिमिरे रहेका छन् । बिरामीमध्ये दुरपती कामीको अवस्था गम्भीर रहेको मानन्धरले जानकारी दिए ।

बिरामी सबैको अहिले बुर्तिबाङ अस्पतालमा उपचार चलिरहेको र एक जनाको अवस्था जटिल रहेको अस्पतालका सूचना अधिकारी पार्वती अर्यालले जानकारी दिनुभयो । सूचना अधिकारी अर्यालका अनुसार, बिरामीहरु चक्कर लाग्ने, हातखुट्टा लुलो हुने र बान्ता हुने लक्षणहरु देखिएको छ ।

नियमित जस्तै उनीहरु आइतबार पनि जङ्गलमा निगुरो टिप्न गएको र खाजामा दिउँसो जङ्गलबाट ल्याएको भ्याकुर खाएपछि बिरामी परेको स्थानीयले बताएका छन् ।

वि.सं.२०८३ जेठ ४ सोमवार १२:२३ मा प्रकाशित

अन्तर्वार्ताको मिति छिटो मिलाइदिन्छु भन्ने दाबी गर्नेहरूसँग सावधान रहन अमेरिकी दूतावासको आग्रह

अन्तर्वार्ताको मिति छिटो मिलाइदिन्छु भन्ने दाबी गर्नेहरूसँग सावधान रहन अमेरिकी दूतावासको आग्रह

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले भिसा अन्तर्वार्ताको मिति छिटो मिलाइदिने...

बैंकिङ कसुर मुद्दाका चार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका चार प्रतिवादी पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर...

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

डोटी । डोटीको जोरायल गाउँपालिका–४ देउथलीमा मादक पदार्थ सेवन (मापसे)...

फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य एवं...

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

काठमाडौँ । विद्यार्थीहरूले आफैँ पैसा उठाएर ‘केक’ ल्याएका थिए ।...

ऐन संशोधनका लागि पत्राचार

ऐन संशोधनका लागि पत्राचार

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले सुरक्षित मातृत्व तथा प्रजनन...