back
CTIZAN AD

सभामुख सापकोटाको शल्यक्रिया सम्पन्न, एकसाता आराम गर्न सुझाव

वि.सं.२०७७ असार २४ बुधवार

693 

shares

२४ असार, काठमाडौँ । सभामुख अग्नि प्रशाद सापकोटाको आँखाको शल्यक्रिया सम्पन्न भएको छ ।

सभामुख सापकोटाको बुधबार मोतियाविन्दुको अप्रेशन गरिएको हो ।

काठमाडौँको तिलगंगास्थित आँखा उपचार केन्द्रमा सभामुख सापकोटाको शल्यिक्रिय गरिएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिएका छन् ।

अप्रेसनको खर्च सभामुख आफैले गर्ने निर्णय गरेको पनि सापकोटाले जानकारी दिएका छन् । ‘साथै, शल्यक्रियामा लाग्ने खर्चको राज्यलाई कुनै व्ययभार नपार्ने गरी स्वयँ व्यहोर्ने निर्णय गर्नु भएकोमा हार्दिक सम्मान प्रकट गर्दछु ।’ न्यौपानेले भनेका छन् ।

केही समयदेखि आँखामा समस्या देखिएपछि चिकित्सकको सल्लाहमा सभामुखको आँखाको शल्यक्रिया गरिएको हो ।

वरिष्ठ चिकित्सक डा. सन्दुक रुइतसहितको टोलीले बुधबार बिहान १०ः३० बजे शल्यक्रिया गरेको हो । सभाुमखलाई एकसाता आराम गर्नु समेत चिकित्सकले सुझाएका छन् । तस्बिर सौजन्य: श्रीधर न्यौपाने

वि.सं.२०७७ असार २४ बुधवार १४:२४ मा प्रकाशित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले...

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

काठमाडौँ । गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन्...

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन...

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...