
२४ असार, काठमाडौँ । सभामुख अग्नि प्रशाद सापकोटाको आँखाको शल्यक्रिया सम्पन्न भएको छ ।
सभामुख सापकोटाको बुधबार मोतियाविन्दुको अप्रेशन गरिएको हो ।
काठमाडौँको तिलगंगास्थित आँखा उपचार केन्द्रमा सभामुख सापकोटाको शल्यिक्रिय गरिएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिएका छन् ।
अप्रेसनको खर्च सभामुख आफैले गर्ने निर्णय गरेको पनि सापकोटाले जानकारी दिएका छन् । ‘साथै, शल्यक्रियामा लाग्ने खर्चको राज्यलाई कुनै व्ययभार नपार्ने गरी स्वयँ व्यहोर्ने निर्णय गर्नु भएकोमा हार्दिक सम्मान प्रकट गर्दछु ।’ न्यौपानेले भनेका छन् ।
केही समयदेखि आँखामा समस्या देखिएपछि चिकित्सकको सल्लाहमा सभामुखको आँखाको शल्यक्रिया गरिएको हो ।
वरिष्ठ चिकित्सक डा. सन्दुक रुइतसहितको टोलीले बुधबार बिहान १०ः३० बजे शल्यक्रिया गरेको हो । सभाुमखलाई एकसाता आराम गर्नु समेत चिकित्सकले सुझाएका छन् । तस्बिर सौजन्य: श्रीधर न्यौपाने