back
CTIZAN AD

कोरिया जान नपाएपछि प्रदर्शनमा उत्रिए युवा

वि.सं.२०७७ असार २४ बुधवार

717 

shares

२४ असार, काठमाडौँ । कोरोना संक्रमणको जोखिम न्युनिकरणका लागि जारी लकडाउनका कारण कोरिया जान नपाएका युवाहरु प्रदर्शनमा उत्रिएका छन् ।

रोजगारीका लागि दक्षिण कोरिया जान सम्पूण प्रक्रिया पूरा गरेर उडानको पर्खाइमा रहेका युवाहरुले बुधबार माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

सरकारले दुई साताभित्र कोरिया पठाउने पहल नगरे ३ हजार बढी युवाको कोरियाको रोजगारी गुम्ने बताउँदै उनीहरुले शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।

‘रोजगारी गुम्दा, मेहनत पनि खेर जाने, समय पनि खेर जाने, अर्को डिप्रेशनको सिकार पनि हुने र कोरिया जान नपाउने ग्यारेन्टी भयो भने, हामी सडकमा पूर्णरुपमा आन्दोलनमा उत्रन बाध्य हुन्छौं,’ प्रदर्शनमा सहभागी एक युवाले भने, ‘त्यो बाध्यात्मक अवस्थाको सिर्जना नबनाइदेओस् भन्ने हाम्रो कामना हो ।’

सामाजिक दूरी कायम गरेर गरिएको उक्त प्रदर्शनमा युवाहरुले आफ्ना माग दुईसाताभित्रमा सुनुवाई नभएमा ४५ सय युवा आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन् ।

‘कि कोरिया जान दे, कि रोजगारी दे, हामीलाई गरिखान थलो जान देउ, उडान खोली जान दे सरकार, सरकार सक्छौ भने देशमै रोजगारी देउ, हाम्रो रोजगारी बचाइदेउ, हाम्रो रोजगारी सुनिश्चित गर । कोरियाको नियमित उडान सुचारु गर लगायतका नारासहितको प्लेकार्ड बोकेर सयौंको संख्यामा सहभागी युवाहरुले अन्तराष्ट्रिय उडान सुचारु गरेर कोरिया जान देउ भन्ने माग गरेका छन् ।

वि.सं.२०७७ असार २४ बुधवार १३:५५ मा प्रकाशित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले...

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

काठमाडौँ । गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन्...

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन...

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...