२४ असार, काठमाडौँ । कोरोना भाइरसको महामारीका बिचमा आजबाट अन्तराष्ट्रिय क्रिकेट सुरु हुन गईरहेको छ । इंल्याण्ड र वेस्टइंडिज बिचको टेस्ट श्रृखलाको पहिलो खेल आज साउथाम्पटनमा हुने छ ।
साउथाम्पटनमा हुने पहिलो टेस्टमा इंल्याण्ड क्रिकेट टिमको कप्तानी बेन स्टोक्सले गर्ने छन भने वेस्टइंडिज क्रिकेट टिमको कप्तानी जेसन होल्डरले गर्ने छन ।
खेल नेपाली समय अनुसार आज दिउसो ३:४५ बाट सुरु हुनेछ ।
इंल्याण्डको सम्भावित प्लेइङ्ग इलेवन:
रोरी बन्र्स, डोम सिब्ली, जो डेन्ली, जाक क्रॉली, बेन स्टोक्स, ओली पोप, जोस बटलर, डोम बेस, मार्क वुड, जोफ्रा आर्चर, जेम्स एन्डरसन ।
वेस्टइंडिजको सम्भावित प्लेइङ्ग इलेवन:
जोन क्याम्पबेल, क्राइग ब्रेथवेट, शाई होप, शमर ब्रूक्स, रोस्टन चेज, जेसन होल्डर, शेन डोरीच, रहकिम र्केनवेल, अल्जार जोसेफ, केमर रोच, श्यानन गेब्रियल
वि.सं.२०७७ असार २४ बुधवार १३:५५ मा प्रकाशित






























