२९ असार, काठमाडौँ । इंल्याण्ड र वेस्टइंडिज बिचको पहिलो टेस्टमा वेस्टइंडिज ४ विकेटले विजयी भएको छ । पहिले टस जितेर ब्याटिङ्ग गरेको इंल्याण्ड आफ्नो पहिलो इंनिङ्गमा २०४ रनमा अलआउट भएको थियो । पहिलो इंनिङ्गमा कप्तान वेन स्टोक्सले इंल्याण्डका लागि सर्वाधिक ४३ रन बनाएका थिए भने वेस्टइंडिजका कप्तान जेसन होल्डरले सर्वाधिक ६ विकेट हात पारेका थिए ।
वेस्टइंडिज आफ्नो पहिलो इंनिङ्गमा ३१८ रनमा सबै विकेट गुमाउन पुग्यो । वेस्टइंडिजका लागि पहिलो इंनिङ्गमा क्राइग ब्रेथवेटले सर्वाधिक ६५ रन बनाएका थिए । इंलयाण्डका लागि बलिङ्गमा कप्तान वेन स्टोक्सले ४ विकेट हात पारेका थिए ।
पहिलो इंनिङ्गमा ११४ रनले पछि परेको इंल्याण्डलेआफ्नो दोस्रो इंनिङ्गमा ३१३ रनमा सबै विकेट गुमायो । इंल्याण्डका लागि दोस्रो इंनिङ्गमा जाक क्राँलीले सर्वाधिक ७६ रन बनाएका थिए भने वेस्टइंडिजका लागि बलिङ्ग तर्फ श्यानन गेब्रियलले ५ विकेट लिएका थिए । इंल्याण्डले दिएको २०० रनको लक्ष्य वेस्टइंडिले ६६.४ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो ।
पहिलो टेस्ट ४ विकेटको जितसँगै वेस्टइंडिजले ३ खेलको टेस्ट श्रृखलामा १-० ले अग्रता लिएको छ ।
वि.सं.२०७७ असार २९ सोमवार १०:३४ मा प्रकाशित






























