back
CTIZAN AD

भारतले बनाएका बाँधका कारण तराई डुब्यो : गृहमन्त्री थापा

वि.सं.२०७७ असार २९ सोमवार

681 

shares

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले भारतले बनाएका बाँधका कारण तराई क्षेत्र डुबानमा परेको बताएका छन् । सोमबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले भारतले सीमा क्षेत्रमा सडकरुपी बाँध बनाउँदा तराई डुबेको बताए ।

उनले भारतको त्यस्तो व्यवहार नेपालमाथिको हस्तक्षेप पनि भएको बताए । ‘राजनीतिक रुपमा भन्दा यो भारतले नेपालमा गरेको हस्तक्षेप नै हो’ उनले भने, ‘उनीहरुले आफ्नो हित हेरे, तर नेपालको हितलाई ध्यान दिएनन् ।’

गृहमन्त्री थापाले सीमा क्षेत्रमा बनाएको बाँध र संरचना हटाउन नेपालले गरेको पहल सार्थक नभएको बताए । भारतीय प्रधानमन्त्री नेपाल आउँदा सीमा समस्याको बारेमा सहजीकरण गर्न बनेको कार्यदलले पनि काम गर्न नसकेको उनको भनाई छ । भारतले डुबान रोक्न सहजीकरण गर्नुपर्ने थापाको भनाई छ ।

बाढीपहिरो र डुबान रोक्नका लागि सरकारले नीति तथा योजनाहरु थप बनाउनु पर्ने खाँचो गृहमन्त्री थापाले औंल्याए । कतिपय अवैज्ञानिक विकास नीतिका कारण पनि प्राकृतिक विपत्तिका घटना बढेको उनको भनाई छ ।

गृहमन्त्रीसँगको छलफलपछि राज्य व्यवस्था तथा सुशासन समितिले सीमा क्षेत्रमा भारतद्वारा निर्मित सडक र बाँध तत्काल हटाउन सरकारलाई निर्देशन दिएको छ ।

वि.सं.२०७७ असार २९ सोमवार १७:२५ मा प्रकाशित

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर...

आजको मौसम पूर्वानुमान, यी प्रदेशमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

आजको मौसम पूर्वानुमान, यी प्रदेशमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

काठमाडौँ । आज देशका विभिन्न भूभागमा आंशिक बदलीदेखि वर्षात्को सम्भावना...

फ्लाई दुबईले पायो उडान अनुमति, अब पोखरा–दुबई दैनिक उडान हुने

फ्लाई दुबईले पायो उडान अनुमति, अब पोखरा–दुबई दैनिक उडान हुने

राम थापा, गण्डकी । फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान...

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल लुम्बिनी, कर्णाली, बागमती, मधेस र कोशी प्रदेशका...

१० महिनामा १९ खर्ब १६ अर्ब बढी रेमिट्यान्स भित्रियो

१० महिनामा १९ खर्ब १६ अर्ब बढी रेमिट्यान्स भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा विदेश गएका नेपालीले...

नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र...