
२९ असार, काठमाण्डौं । नेपालमा हालसम्म कोरोना संक्रमणभएका १६,९४५ मध्ये आजसम्म १०,२९४ निको भएर घर फर्किसकेका छन् ।
हाल देशका विभिन्न आइसोलेशन सेन्टर तथा अस्पतालमा ६ हजार ६१३ जना उपचाररत छन् । नेपालमा संक्रमित भन्दा निको हुनेको संख्या बढी रहेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म उपचार गराईरहेकाहरु मध्ये प्रदेश १ मा १८३, प्रदेश २ मा १,८७२, बाग्मती प्रदेशमा ४५८, गण्डकी प्रदेशमा ४९८, प्रदेश ५ मा ७२९, कर्णली प्रदेशमा ३६१ र सुदूरपश्चिम प्रदेशमा २,५१२ जना विभिन्न आइसोलेशनमा उपचाररत छन् ।