back
CTIZAN AD

नेपालमा हालसम्म झण्डै १७ हजार कोरोना संक्रमित, १०,२९४ निको र ३८ जनाको मृत्यु

वि.सं.२०७७ असार २९ सोमवार

834 

shares

२८ असार, काठमाण्डौं । नेपालमा सोमबार (२९ असार) सम्म पिसीआर प्रविधिबाट २ लाख ८९  हजार ३७१ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ५,८५६ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

त्यसैगरी हालसम्म देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ६,६१३ जनाको उपचार भइरहेको छ । साथै हालसम्म भारत लगायत विभिन्न देश र एक जिल्लाबाट अर्को जिल्लामा पुगेर क्वारेन्टिनमा बस्नेहरुको संख्या २३ हजार ४७० रहेको छ । यो संख्या दिनप्रतिदिन घटिरहेको छ ।

आज थपिएका १४४ जनासँगै नेपालमा हालसम्म संक्रमितको संख्या १६,९४५ पुगेको छ भने आज निको भएर १७ सय जना डिस्चार्ज भएसँगै नेपालमा हालसम्म १० हजार २९४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । साथै आजसम्म मृतकको संख्या ३८ रहेको छ ।

आज १४४ जनामा संक्रमण भएको पुष्टि
नेपालमा आज १४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज सबैभन्दा बढी सुर्खेतमा ४१ जना र धनुषामा २७ जना रहेका छन् ।
कैलालीमा १०, रौतहटमा ९,कपिलवस्तुमा ८, ललितपुरमा ५, झापामा ४, महोत्तरीमा ४, काठमाण्डौंमा ३, बाग्लुङ, तनहुँ, बर्दिया रुकुमपश्चिम, दैलेख, बझाङ, म्याग्दी र बैतडीका २/२ जनामा संक्रमण पुष्टि भएको छ ।

नेपालमा आज १४४ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या १६,९४५ पुग्यो

त्यसैगरी मोरङ, सुनसरी, सप्तरी, भक्तपुर, काभ्रे, कैलाली, दोलखा, मकवानपुर, सिन्धुली, पर्वत, स्याङजा, कपिलवस्तु, दाङ, बाँके, जाजरकोट र अछाममा १/ जना गरी १४४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

आज थपिएका १४४ जनासँगै नेपालमा हालसम्म १६,९४५ जनामा संक्रमण पुष्टि भएको छ । जसमा आधा भन्दा बढी निको भइसकेका छन् ।

आज संक्रमित हुनेको प्रदेश विवरण
प्रदेश १ मा ६ जना, प्रदेश २ मा ४१ जना, बाग्मती प्रदेशमा १३ जना, गण्डकी प्रदेशमा ८ जना, प्रदेश ५ मा १४ जना, कर्णाली प्रदेशमा ४६ जना, र सुदूरपश्चिमा १६ जना गरी १४४ जना संक्रमित भएका हुन् ।

आज १७ सयबढी निको भए, निको हुनेको संख्या १०,२९४ पुग्यो
नेपालमा आज १,७०५ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् ।

देशका विभिन्न अस्पताल तथा आइसोलेशनमा उपचाररत १,७०५ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

आज १७ सय बढी कोरोना संक्रमणबाट निको, निको हुनेको संख्या १०,२९४ पुग्यो

मन्त्रालयले दिएको जानकारी अनुसार आज दैनिक निको हुनेमा अहिलेसम्मकै बढी संक्रमितहरु निको भएका हुन् ।
आज निको भएका १७०६ जनासँगै नेपालमा कोरोनालाई जित्नेको कूल संख्या १०,२९४ पुगेको छ । मन्त्रालयका अनुसार निको हुनेको यो संख्या ६०.७ प्रतिशत हो ।  यो तथ्यांक अनुसार नेपालमा अब संक्रमण भएर उपचार गराईरहेका भन्दा निको हुनेको संख्या बढी रहेको छ ।

कुन प्रदेशका आइसोलेशनमा कति कोरोना संक्रमित उपचाररत छन् त ?
नेपालमा हालसम्म कोरोना संक्रमणभएका १६ हजार ९४५ मध्ये आजसम्म १० हजार २९४ निको भएर घर फर्किसकेका छन् ।

हाल देशका विभिन्न आइसोलेशन सेन्टर तथा अस्पतालमा ६ हजार ६१३ जना उपचाररत छन् । नेपालमा संक्रमित भन्दा निको हुनेको संख्या बढी रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म उपचार गराईरहेकाहरु मध्ये प्रदेश १ मा १८३, प्रदेश २ मा १,८७२, बाग्मती प्रदेशमा ४५८, गण्डकी प्रदेशमा ४९८, प्रदेश ५ मा ७२९, कर्णली प्रदेशमा ३६१ र सुदूरपश्चिम प्रदेशमा २,५१२ जना विभिन्न आइसोलेशनमा उपचाररत छन् ।

नेपालमा आजसम्मको कोरोना अपडेट: यस्तो छ हेर्नुहोस् पूर्ण विवरण

वि.सं.२०७७ असार २९ सोमवार १८:३२ मा प्रकाशित

‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’

‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’

म्याग्दी । यहाँको अन्नपूर्ण गाउँपालिका–४ भालेबासमा रहेको धवलागिरि आधारभूत विद्यालयमा...

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

पोखरा । पोखरा महानगरपालिका–३१ स्थित बेगनासतालमा यही बुधबार छैटौँ संस्करणको...

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर...

आजको मौसम पूर्वानुमान, यी प्रदेशमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

आजको मौसम पूर्वानुमान, यी प्रदेशमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

काठमाडौँ । आज देशका विभिन्न भूभागमा आंशिक बदलीदेखि वर्षात्को सम्भावना...

फ्लाई दुबईले पायो उडान अनुमति, अब पोखरा–दुबई दैनिक उडान हुने

फ्लाई दुबईले पायो उडान अनुमति, अब पोखरा–दुबई दैनिक उडान हुने

राम थापा, गण्डकी । फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान...