back
CTIZAN AD

नेपालमा आज १४४ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या १६,९४५ पुग्यो

वि.सं.२०७७ असार २९ सोमवार

951 

shares

२९ असार, काठमाण्डौं । नेपालमा आज १४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज सबैभन्दा बढी सुर्खेतमा ४१ जना र धनुषामा २७ जना रहेका छन् ।

त्यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका ४, मोरङ र सुनसरीका १\१ जना, गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणमा सप्तरीका १, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका ११, महोत्तरीका ४ र नारायणी अस्पताल वीरगन्जमा गरिएको परीक्षणमा धनुषाका १६ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाण्डौंका २, कपिलवस्तुका ८, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका १ जना, पाटन अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका ५, काभ्रेका १, कैलाली, म्याग्दी र दोलखाका १\१ जना, किटजन्य रोग प्रयोगशाला तथा अनुसन्धान केन्द्र हेटौडामा गरिएको परीक्षणमा मकवानपुरका १, रौतहटका ९ र धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा सिन्धुलीका १ जनामा संक्रमण पुष्टि भएको छ ।

टिचिङ अस्पताल काठमाण्डौंमा गरिएको परीक्षणमा काठमाण्डौंका १, बाग्लुङका २, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा म्याग्दी, पर्वत, स्याङजाका १/१ जना र तनहुँका २ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा कपिलवस्तुका १, भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको परिक्षणमा बर्दियाका २, दाङका १, चौरजहारी रुकुम प्रयोगशालामा रुकुम पश्चिमका २ जनामा संक्रमण पुष्टि भएको छ ।

सुर्खेत प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा बाँकेका १, दैलेखका २, जाजरकोटका १, सुर्खेतका ४१ जना, डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणमा बझाङ र बैतडीका २÷२ जना, सेति प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा अछामका १, कैलालीका १०, गरी १४४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

आज थपिएका १४४ जनासँगै नेपालमा हालसम्म १६,९४५ जनामा संक्रमण पुष्टि भएको छ । जसमा आधा भन्दा बढी निको भइसकेका छन् ।

वि.सं.२०७७ असार २९ सोमवार १६:४७ मा प्रकाशित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक...

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ...

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन...

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा रु तीन करोड...