back
CTIZAN AD

कतै तपाईको मोबाइलमा पनि यस्तो सूचना आएको त छैन ?, सर्तक रहन सिआइबीको आग्रह

वि.सं.२०७७ असार २९ सोमवार

948 

shares

२९ असार, काठमाडौँ । ‘कोरोना पोजेटिभ भएको व्यक्तिसँग सम्पर्कमा आउनु भएकाले तपाई आफैलाई क्वारेन्टीन गर्न हुन र परिवारका सदस्यहरु तथा साथीहरुसँग सामाजिक दुरी कायम राख्न अनुरोध गरिएको छ । कृपया पीसीआर परीक्षणको लागि निर्धारित समय र स्थानमा उपस्थित हुनुहोला । तपाईको उपस्थिति अनिवार्य छ, अन्यथा रु. १५,५५० जरिवाना गरिनेछ ।’ यस्तो खालको एमएसएस कतै तपाईलाई पनि आएको त छैन ?, आयो भने पनि सर्तक रहनुहोला । किनकी यो सूचना सत्य होइन झुटो भएको प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले जनाएको छ ।

ब्युरोमा उजुरी परेको सन्दर्भमा A2P SMS दुरुपयोग भएको जनाउँदै यसबाट जोगिन CIB ले अनुरोध गरेको हो । CIB ले  यसरी आउने एसएमएस झुठो भएको भन्दै यस्ता आपराधिक मनोवृत्तिका व्यक्तिले यसको दुरुपयोग गरी पीडितलाई पीडा तथा हानी नोक्सानी पु¥याउन सक्ने हुँदा सबै मोबाइल प्रयोगकर्तालाई सजग र सर्तक रहन अनुरोध गरेको छ ।

यसरी एसएमएस पठाउनेले सिधै नपठाइ इन्टरनेटमा A2P SMS बाट पठाउने गरेको भन्दै त्यस्तो एसएमएस आए सावधानीपूर्वक प्रतिक्रिया दिन वा त्यस्ता एसएमएसको बेवास्ता गर्न भनिएको छ ।

कुनै पनि वित्तिय तथा अन्य सेवा प्रदायक संस्थाहरुले कहिले पनि एसएमएसमार्फत व्यक्तिगत विवरणहरु उपलब्ध गराउन आग्रह नगर्ने हुँदा त्यस्ता एसएमएसको लिंक समेत क्लिक नगर्न अनुरोध गरिएको छ । साथै यस्तो एसएमएस प्राप्त भयो भने तुरुन्त प्रहरी वा आफूले प्रयोग गर्ने टेलिकम नेटवर्क प्रदायकलाई सम्पर्क गरी जानकारी गराउन भनिएको छ ।

वि.सं.२०७७ असार २९ सोमवार १७:०१ मा प्रकाशित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक...

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ...

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन...

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा रु तीन करोड...