३१ असार, काठमाण्डौं । नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले केपी ओलीलाई प्रधानमन्त्रीबाट बिदा गर्न नेकपाका नेताहरुलाई अनुरोध गरेका छन् ।
प्रधानमन्त्रीले देशभित्र र बाहिर उत्तेजना ल्याउने नियतले अनसन्ट बोलेको आरोप लगाउँदै नेता थापाले सामाजिक संजाल ट्विटरमा भनेका छन्, ‘प्रमले देशभित्र र बाहिर उत्तेजना ल्याउने नियतले अन्टसन्ट बोल्नुभएको हो । प्रत्युत्पादक भएपछि परराष्ट्रको वक्तव्य आयो । कुर्सी जोगाउन जे पनि बोल्ने र गर्ने प्रमबाट न देश सुरक्षित छ न लोकतन्त्र ! नेकपाका साथीहरू ! राजनीतिक होइन भनेर नपन्छिनोस्,अव खड्गप्रसाद ओलीलाई प्रमबाट बिदा गर्नोस् ।’
प्रमले देशभित्र र बाहिर उत्तेजना ल्याउने नियतले अन्टसन्ट बोल्नुभएको हो।प्रत्युत्पादक भएपछि परराष्ट्रको वक्तव्य आयो।कुर्सी जोगाउन जे पनि बोल्ने र गर्ने प्रमबाट न देश सुरक्षित छ न लोकतन्त्र!नेकपाका साथीहरू!राजनीतिक होइन भनेर नपन्छिनोस,अव खड्गप्रसाद ओलीलाई प्रमबाट बिदा गर्नोस्।4/4
— Gagan Thapa (@thapagk) July 14, 2020
वि.सं.२०७७ असार ३१ बुधवार १२:०८ मा प्रकाशित





























