back
CTIZAN AD

क्वारेन्टिनमा दिइएको सेवाले खुसी भएका ६ युवाले गरे पालिकालाई आर्थिक सहयोग गरे

वि.सं.२०७७ असार ३१ बुधवार

1K 

shares

३१ असार, काठमाण्डौं । विश्वव्यापी फैलिएको कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि सातै प्रदेशका स्थानीय निकायले स्वतस्फूर्तरुपमा काम गरेका छन् ।

कोरोना संक्रमणबाट रोक्नका लागि तथा सम्बन्धीत व्यक्तिको परिवार तथा छिमेकमा कोरोना नफैलियोस् भन्नका लागि बाहिरी जिल्ला तथा विदेशबाट फर्किएका युवाहरुका लागि स्थानीय निकायले क्वारेन्टिनको व्यवस्था गरेर आ–आफ्नै किसीमले सेवा दिइरहेका छन् ।

विदेशबाट फर्किएर क्वारेन्टिनमा बसेका युवाले पालिकाले दिएको सेवाले आफूहरु खुसी भएको भन्दै आफू सक्दो आर्थिक सहयोग समेत गरेका छन् ।
स्याङजाको फेदीखोला गाउँपालिकाले निर्माण गरेको क्वारेन्टिनमा बसेका ६ युवाले यस्तो उदाहरणीय काम गरेका हुन् ।

उनीहरुले फेदीखोल गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीलाई पत्र नै लेखेर पालिकाले व्यवस्थापना गरेको क्वरोन्टिनको सेवाले आफूहरु प्रभावित भएको भन्दै आर्थिक सहयोग गरेका हुन् ।

‘बैदेशिक रोजगारीको सीलसीलामा विदेश गई बैदेशिक रोजगारीको विपत अवस्था आइपरेर स्वदेश फर्किदा कोभिड- १९ ले कारणले आफ्नो घर परिवार र टोलमा सिधा जाँदा आफ्नो घरपरिवारमा समस्या आउने हुनाले यस फेदीखोला गाउँपालिकाले बस्न खानको राम्रो व्यवस्था गरेको हुनाले हामी विदेशबाट फर्केका दाजुभाइहरु यस गाउँपालिकाले बनाएको क्वारेन्टिन देखि मनबाट नै प्रशंसनीय भएकोले हाम्रोतर्फबाट पनि केही सानो रकम जम्मा गरी अब आउनेहरुमाथि पनि यस्तो सेवा मिलिरहोस् भन्दै आफ्नो स्वेच्छा अनुसार जम्मा गरी अध्यक्षज्यू घनश्याममा हस्तान्तरण गर्ने विचार गरेका छौं ।’ उक्त पत्रमा भनिएको छ ।

सहयोग गर्नेमा ओम प्रकाश पौडेल आकखर्क ७ गैरापट्टी, ३ हजार, तेज प्रकाश पौडेल आकखर्क ६ हाल डुम्रेखोला, २ हजार, अमृत बानिया फेदीखोला २ जोगीस्थान, २ हजार, आकास कार्की फेदीखोला २ खहरेविरुवा, १ हजार, रामु राना भाट फेदीखोला ३ लोलासरी, २ हजार र नविन खड्का फेदीखोला २ सराङदीले रु २ हजार रुपैयाँ गरी जम्मा १२ हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।

उनीहरुको यस्तो उदाहरणीय कार्यको सह्राना गर्दै पालिकाका अध्यक्ष घनश्याम सुवेदीले धन्यवाद व्यक्त गरेका छन् ।  अध्यक्ष सुवेदीले अब विदेश होइन स्वदेशमा उद्यम गर्ने हो भन्दै विनाधितो तथा विना ब्याज उद्यम कर्जा उपलब्ध गराउने समेत बताएका छन् ।

वि.सं.२०७७ असार ३१ बुधवार ११:३२ मा प्रकाशित

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

दाङ । तुलसीपुर नगरवासीलाई सफा, शुद्ध पानी सहज तरिकाले वितरण...

प्रतिनिधिसभाः हुम्ला र बाजुराको सीमा विवाद समाधान खोज्न सरकारसँग माग

प्रतिनिधिसभाः हुम्ला र बाजुराको सीमा विवाद समाधान खोज्न सरकारसँग माग

काठमाडौँ । सांसदहरुले हुम्ला र बाजुरा जिल्लाको सीमा विवाद तत्काल...

विश्वविद्यालयको उपकुलपतिका लागि प्राप्त आवेदनमाथि छानबिन सुरु

विश्वविद्यालयको उपकुलपतिका लागि प्राप्त आवेदनमाथि छानबिन सुरु

काठमाडौँ । विभिन्न आठ विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि परेका...

प्रतिनिधिसभा बैठकको आकस्मिक समयको उचित व्यवस्थापन गरिने सभामुखद्वारा जानकारी

प्रतिनिधिसभा बैठकको आकस्मिक समयको उचित व्यवस्थापन गरिने सभामुखद्वारा जानकारी

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको ‘आकस्मिक समय’बारे कार्यव्यवस्था परामर्श...

धापासी आसपासका अतिक्रमित घरटहरा हटाइयो

धापासी आसपासका अतिक्रमित घरटहरा हटाइयो

काठमाडौँ । टोखा नगरपालिका–७ स्थित धापासी–ग्रीनल्याण्ड आसपासका अतिक्रमित घर–टहरा हटाइएको...

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

मुस्ताङ । कालिगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले उत्तर÷दक्षिण जोड्ने कोरलाको...