back
CTIZAN AD

मनोबल कमजोर बनाउने काम गरिएको भन्दै सेनाको गम्भिर ध्यानाकर्षण

वि.सं.२०७७ असार ३१ बुधवार

765 

shares

३१ साउन, काठमाण्डौं । वास्तविकता अध्ययन नगरी पुष्टिहिन समाचार प्रकाशित गरिएको भन्दै नेपाली सेनाले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

खरिपाटी क्वारेन्टिन व्यवस्थापनमा नेपाली सेनाले निर्वाह गर्दै गरेको जिम्मेवारी सम्बन्धमा वास्तविकतालाई गहन अध्ययन नगरी सेनाको मनोबल कमजोर तुल्याउने उद्धेश्यले केही संचारमाध्यममा क्वारेन्टिन व्यवस्थापनका विषयमा तथ्यहीन समाचार प्रकाशित गरिएको सेनाको ठहर छ ।

यस्तो छ सेनाद्धारा जारी विज्ञप्ति
खरिपाटी क्वारेन्टिन व्यवस्थापनमा नेपाली सेनालाई निर्वाह गर्दै गरेको जिम्मेवारी सम्बन्धमा वास्तविकतालाई गहन अध्ययन नगरी सेनाको मनोबल कमजोर तुल्याउने हेतुले हालका दिनमा केहि सञ्चारमाध्यम,Online Portal, तथा एफ.एम. रेडियोमा समेत क्वारेन्टिन व्यवस्थापनमा नेपाली सेनाको बारेमा प्रकाशित पुष्टिहिन समाचारहरु प्रति नेपाली सेनाको गम्भिर ध्यानाकर्षण भएको छ ।

२- ‘कोभिड १९ ले आक्रान्त भईरहेको आजको विषम् परिस्थितिमा नेपाल सरकारद्धारा नेपाली सेनालाई प्रदान गरिएको खरिपाटी क्वारेन्टिन व्यवस्थापन कार्यमा नेपाली सेनाले दत्तचित्त भएर निम्नानुसारको कार्य सम्पादन गर्दै आईरहेको छ ।

क) विदेशबाट आउने नेपाली नागरीकलाई प्रदेश अनुसार ग्रुप छुट्याई ३० जना संभावित संक्रमितलाई छुट्टै ब्लक मा राखेर अन्य बाँकीलाई प्रदेश अनुसार जम्मा ३ वटा भवनमा व्यवस्थापन गर्ने गरेको र

ख) क्वारेन्टिन व्यवस्थापन कार्य सम्पादनमा क्वारेन्टिनमा रहेका व्यक्तिहरुलाई खानाको व्यवस्था गर्ने जिम्मेवारी नेपाली सेनाको नभएतापनि मानवकल्याण आश्रमबाट प्राप्त हुने गरेको खाद्य सामग्रीहरुबाट खाना बनाउने कार्यमा नेपाली सेनाले समेत सहयोगी भूमिका निर्वाह गरि नं.१ प्रदेशको होल्डिङ्ग एरिया (ईम्पेरियल पार्टी प्यालेस) बाट प्रत्येक दिन २ प्रहर खाना र दिउँसोमा खाजा गरि ३ पटक खाना दिने गरेको साथै प्रत्येक दिन खानासंगै ३ बोतल पानी समेत दिने गरिएको ।

ग) जनस्वास्थ्यको समन्वयमा अशक्त विरामी र महिलालाई च्यवनप्रास वितरण गर्ने गरेको । शहरी विकास मन्त्रालयबाट प्राप्त नुहाउने साबुन, कपडा धुने साबुन, टुथ पेष्ट, टुथ ब्रस र तातोपानी खान मिल्ने कप प्रत्येक व्यक्तिलाई वितरण गरिएको साथै, टिस्यु पेपर, सेनिटाईजर माक्स समेत वितरण गरिएको ।

घ) सीसीएमसी सँगको समन्वयमा पिसीआर परीक्षण को लागि समन्वय भईरहेको । स्वास्थ्य सामग्री सहित स्वास्थ्य मन्त्रालयबाट खटाईएका डाक्टर अधिकृत सहित २ जना मेडिकल स्टाफ क्वारेन्टाईन भित्रकै डाक्टर व्लकमा रहि दैनिक स्वास्थ्य सेवा दिईरहेको यसका साथै २४ सै घण्टा एम्बुलेन्स सेवा तयारी अवस्थामा राखिएको छ ।

यस विषम् परिस्थितिको घडीमा राष्ट्रका हरेक व्यक्ति एकजुट भई महामारीको सामना गर्नु पर्नेमा हचुवाको भरमा पाठक वर्गलाई दिग्भ्रमित (Misleading) गर्ने अभिप्रायले तथा सैनिक व्यक्तिहरुको मनोबललाई कमजोर तुल्याउने हेतुले प्रकाशन भएका समाचारहरु प्रति नेपाली सेना खेद प्रकट गर्दछ । साथै कोभिड-१९ विरुद्धको यस राष्ट्रिय लडाईमा आफ्नो दायित्व र भूमिकालाई प्रभावकारी एवम् पारदर्शी ढंगबाट सम्पन्न गर्न नेपाली सेना प्रतिवद्ध रहेको समेत जानकारी गराईन्छ ।’

वि.सं.२०७७ असार ३१ बुधवार १०:५१ मा प्रकाशित

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

मुस्ताङ । चालु आर्थिक वर्ष २०८२÷८३ को दश महिनामा पाँच...

नेपाल टेलिकमको प्रवक्तामा लामिछाने नियुक्त

नेपाल टेलिकमको प्रवक्तामा लामिछाने नियुक्त

काठमाडौँ । नेपाल टेलिकमले कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको...

गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

बाजुरा । जिल्लाको बुढीनन्दा नगरपालिकाको कोल्टीस्थित कोल्टी आधारभूत अस्पतालमा सुत्केरी...

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

दाङ । तुलसीपुर नगरवासीलाई सफा, शुद्ध पानी सहज तरिकाले वितरण...

प्रतिनिधिसभाः हुम्ला र बाजुराको सीमा विवाद समाधान खोज्न सरकारसँग माग

प्रतिनिधिसभाः हुम्ला र बाजुराको सीमा विवाद समाधान खोज्न सरकारसँग माग

काठमाडौँ । सांसदहरुले हुम्ला र बाजुरा जिल्लाको सीमा विवाद तत्काल...

विश्वविद्यालयको उपकुलपतिका लागि प्राप्त आवेदनमाथि छानबिन सुरु

विश्वविद्यालयको उपकुलपतिका लागि प्राप्त आवेदनमाथि छानबिन सुरु

काठमाडौँ । विभिन्न आठ विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि परेका...