३१ असार, काठमाडौँ । एकदिवसीय र टेस्ट क्रिकेटमा दोहोरो सतक बनाउने ४ खेलाडीहरुको नाम यसप्रकारको रहेको छ :
१. सचिन तेन्दुलकर
भारतीय क्रिकेट टिमका पुर्वखेलाडी सचिन तेन्दुलकर एकदिवसीयमा र टेस्ट क्रिकेटमा दोहोरो सतक बनाउने पहिलो खेलाडी हुन । उनले टेस्ट क्रिकेटमा ६ पटक दोहोरो सतक बनाएका छन भने एकदिवसीय क्रिकेटमा १ पटक दोहोरो सतक बनाएका छन ।
२. विरेन्द्र सेहवाग
भारतीय क्रिकेट टिमका पुर्वखेलाडी विरेन्द्र सेहवाग यस सुचिको दोस्रो स्थानमा रहेका छन । उनले टेस्ट क्रिकेटमा ६ पटक र कदिवसीय क्रिकेटमा १ पटक दोहोरो सतक बनाएका छन । विरेन्द्र सेहवाग टेस्ट क्रिकेटमा भारतका लागि दुई पटक तेहोरे सतक बनाउने एकमात्र खेलाडी समेत हुन ।
३. क्रिस गेल
वेस्टइंडिज क्रिकेट टिमका विस्फोटक ब्याट्सम्यान क्रिस गेल यस सुचिको तेस्रो स्थानमा रहेका छन । उनले टेस्ट क्रिकेटमा १ र एकदिवसीय क्रिकेटमा १ दोहोरो सतक बनाएका छन । टेस्ट क्रिकेटमा उनले वेस्टइंडिजका लागि २ पटक तेहोरो सतक समेत बनाएका छन ।
४. रोहित शर्मा
भारतीय क्रिकेट टिमका उपकप्तान रोहित शर्मा यस सुचिको चौथो स्थानमा रहेका छन । रोहितले टेस्ट क्रिकेटमा १ र एकदिसीय क्रिकेटमा ३ पटक दोहोरो सतक बनाएका छन ।
वि.सं.२०७७ असार ३१ बुधवार १३:२७ मा प्रकाशित






























