back
CTIZAN AD

एनआरएनएद्धारा ‘बाढी पहिरो पीडित राहतकोष’ स्थापना, आर्थिक सहयोगका लागि सबै एनसीसीलाई अनुरोध

वि.सं.२०७७ साउन १ बिहीवार

750 

shares

१ साउन, काठमाण्डौं । गैरआवासीय नेपाली संघ एनआरएनएले हालै देशैभरीका विभिन्न स्थानमा आएको पहिरो र त्यसले पुर्याएको मानविय क्षतिमा मल्हम लगाउन भन्दै ‘बाढी पहिरो पीडित राहतकोष’ स्थापना गरेको छ ।

कोरोना महामारीबाट देशले उन्मुक्ति नपाउँदै अर्को विपत्ति आइपरेको भन्दै संघले आफ्नो मातृभूमिमा परेको महाविपत्तिमा बाढी पहिरोले पीडित परिवारको सहयोगको लागि कोष स्थापना गरिएको जानकारी दिँदै सबै राष्ट्रिय समन्वय परिषद् समक्ष आर्थिक सहयोगको आव्हान गरेको छ ।

संघका अध्यक्ष कुमार पन्त र कोषाध्यक्ष महेश श्रेष्ठद्धारा आर्थिक सहयोगका लागि गरिएको उक्त अनुरोधमा भनिएको छ, आफ्नो मातृभूमिमा परेको यो महाविपत्तीको वेला विदेशमा रहेका नेपाली समुदायको स–सानो सहयोगले ठूलो राहत पुग्नसक्ने भएकोले यस अप्ठ्यारो अवस्थामा वाढी तथा पहिरोबाट पीडित परिवारको सहयोगका लागि गैर आवासीय नेपाली संघले ‘बाढी पहिरो पिडित राहत कोष’ स्थापना गरेको छ ।

उक्त राहत कोषमा राष्ट्रिय समन्वय परिषद्को तर्फवाट सहयोग गरिदिनु हुनका लागि संघका सम्पूर्ण राष्ट्रिय समन्वय परिषद्हरुलाई हार्दिक अनुरोध गर्दछौं ।’

वि.सं.२०७७ साउन १ बिहीवार ११:०९ मा प्रकाशित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले...

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

काठमाडौँ । गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन्...

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन...

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...