back
CTIZAN AD

कतार विश्वकपको खेल तालिका सार्वजनिक, प्रत्येक दिन चार खेल हुने

वि.सं.२०७७ साउन १ बिहीवार

828 

shares

१ साउन, काठमाडौं । सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलको खेल तालिका सार्वजनिक गरिएको छ ।

डरेशन अन्तर्राष्ट्रिय फुटबल संघ (फिफा)  ले बुधवार २०२२ मा हुने फुटबल विश्वकपको तालिका जारी गरेको हो । कतार विश्वकपको उद्घाटन नोभेम्बर २१ तारिखमा अल बायत रंगशालमा हुनेछ । ६० क्षमता हजार दर्शक अट्ने रंगशालामा उद्घाटन खेल हुनेछ । यसैगरी विश्वकपको फाइनल खेल डिसेम्बर १८ का दिन ८० हजार दर्शक क्षमता रहेको लुसेल रंगशालामा हुनेछ ।

फुटबलको वल्र्ड गभर्निङ बडी फीपाका अनुसार ग्रुप स्टेजमा प्रत्येक दिन चार प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको समुह चरणका बेला हरेक दिन चार वटा फरक रंगशालामा चार खेल हुनेछन् । यो नेपाली समय अनुसार दोपहर ३.४५ बजे, बेलुका ६.४५ बजे, राती ९.४५ र १२.४५ बजे हुनेछ । सेमिफाइनल प्रतिस्पर्धा रातको १२.४५ बजे हुने जनाइएको छ । कतारको खलिफा रंगशालामा प्लेअफ र तेस्रो स्थानका लागि खेल हुनेछन ।

पहिलो पटक, फिफा वर्ल्ड कप नोभेम्बर-डिसेम्बरमा आयोजना हुँदैछ यसअघि सँधै जून(जुलाई मा हुने गरेको थियो। कतारमा जुन जुलाईमा अत्याधिक गर्मी हुने भएकाले विश्वकप फुटबल नोभेम्बरमा सारिएको हो ।

विश्वकप फुटबलहरुको चाड हो । जसका लाखौं प्रशंसक छन् ।

वि.सं.२०७७ साउन १ बिहीवार ११:५१ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...