back
CTIZAN AD

श्रोत नखुलेको झण्डै १ करोड रकमसहित पक्राउ परे दुई युवा

वि.सं.२०७७ साउन १ बिहीवार

681 

shares

१ साउन, काठमाडौं । श्रोत नखुलेको झण्डै १ करोड रुपैयाँसहित दुई युवा पक्राउ परेका छन् ।

उनीहरुलाई रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ६ बाट मंगलबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल रुपन्देहीको टोली र राजस्व अनुसन्धान कार्यालयका कर्मचारीले श्रोत नखुलेको ९९ लाख २ हजार ५ सय रकमसहित सिद्धार्थनगर नगरपालिका २ का ३८ वर्षीय सुनिल सुनार र ३७ वर्षीय अमित परियारलाई पक्राउ गरेको हो ।

सुनारले चलाएको प्रदेश नं. ३ ०३-०१-०२३-च ३२०९ नम्बरको कारमा ७३ लाख ५५ हजार रुपैया फेला परेपछि रकम श्रोत नखुल्दा उनलाई पक्राउ गरिएको थियो ।

साथै उनको घरबाट १२ लाख ६६ हजार रुपैयाँ तथा उनको ज्वेलरी पसल सोनु ज्वेलर्सबाट पनि १२ लाख ८१ हजार ५ सय रुपैयाँ बरामद गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ । अमित परियार सुनिल परियारको पसलमा कामदारका रुपमा कार्यरत रहेको बताइएको छ ।

उनीहरुलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुटवलमा बुझाइएको बताइएको छ ।

वि.सं.२०७७ साउन १ बिहीवार १२:२२ मा प्रकाशित

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

चैनपुर (बझाङ) । भित्तामा देखिएका एक थान स्टिलका पुराना भाँडाले...

भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो

भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो

राँझा (बाँके) । बाँकेको राप्ती सोनारी गाउँपालिका–९ का बासिन्दालाई हरेक...

दङ्गालीका सपना अन्ततः पूरा हुने अवस्थामा

दङ्गालीका सपना अन्ततः पूरा हुने अवस्थामा

दाङ । दाङको आकासमा ठूला जहाज उडेको हेर्ने दङ्गालीका सपना...

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

वीरगञ्ज (पर्सा) । नारायणी अस्पतालमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका...

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई...

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

दाङ । राजपुर गाउँपालिकामा ढिस्कोले पुरिएर एक किशोरको मृत्यु भएको...