१ साउन, काठमाडौँ । गण्डकी प्रदेशमा ३ जना नयाँ संक्रमित थपिएका छन् ।
क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा आज बिहान थप ३ जना नयाँ संक्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
संक्रमित मध्ये दुई जना बाग्लुङका छन् भने स्याङ्जाका १ जना रहेका छन् ।
अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२३१ पुगेको छ ।
सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको जनाइएको छ ।