back
CTIZAN AD

नेपाल टेलिकमले सुरु गर्यो समर अफर, यस्ता छन् सस्ता प्याकेजहरु

वि.सं.२०७७ साउन १ बिहीवार

1.4K 

shares

काठमाडौं । नेपाल टेलिकमले आजदेखि समर प्याकेज सुरु गरेको छ । १ साउनदेखि ९० दिनसम्म उपलब्ध हुने गरि टेलिकमले आकर्षक प्याकेजसहित समर अफर सुरु गरेको हो ।

टेलिकमले सुरु गरेको समर अफरमा २५ रुपैयाँमै एक दिनका लागि युट्युब स्ट्रिमिङ डेटा प्याकअन्तर्गत १ जिबि डाटा पाउन सकिन्छ । त्यसैगरि सोसल मिडिया प्याकअन्तर्गत १५ रुपैयाँमा एक दिनका लागि २ सय एमबी डेटा उपलब्ध हुने टेलिकमले जनाएको छ ।

१५ रुपैयाँमा ३ रातका लागि भ्वाइस प्याक

रातिको भ्वाइस प्याक यसअघि राति १० बजेदेखि बिहान ६ बजेसम्म मात्र उपलब्ध भएकोमा अब बिहान ७ बजेसम्म उपलब्ध गराइने कम्पनीले जनाएको छ । नाइट टाइम भ्वाइस प्याकअन्तर्गत १० रुपैयाँमा उपलब्ध ६० मिनेटको भ्वाइस प्याक यथावत् छ भने १५ रुपैयाँमा ३ रातका लागि २ सय मिनेट र ३० रुपैयाँमा ७ रातका लागि ३ सय ५० मिनेट भ्वाइस प्याक उपलब्ध हुनेछ ।

अल टाइम डेटा प्याकअन्तर्गत ६० रुपैयाँमा ३ दिनका लागि ४ सय एमबी, १ सय रुपैयाँमा ७ दिनका लागि ८ सय एमबी, २ सय ८० रुपैयाँमा २८ दिनका लागि २.५ जिबी, ५ सय रुपैयाँमा २८ दिनका लागि ७ जिबी र ८ सय रुपैयाँमा २८ दिनकै लागि १६ जिबी डेटा उपलब्ध हुने जनाइएको छ ।

२० रुपैयाँमै अनलिमिटेड रात्री डेटा प्याकेज

डे डेटा प्याकअन्तर्गत १० रुपैयाँमा ८० एमबी र १८ रुपैयाँमा २ सय ५० एमबी डेटा प्याक प्राप्त गर्न सकिनेछ । बिहान ६ देखि साँझ ६ बजेसम्म प्रयोग गर्न सकिने सो प्याकको समयावधि २४ घन्टा हुने जनाइएको छ । राति ११ देखि बिहान ६ बजेसम्म चलाउन सकिने अनलिमिटेड डेटा प्याकेज २० रुपैयाँमा उपलब्ध हुनेछ ।

डे भ्वाइस प्याकअन्तर्गत १२ रुपैयाँमा बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म १ सय २० मिनेट कल गर्न सकिनेछ । यो अफरमा प्रदान गरिएको १ सय २० मिनेट एकै दिन प्रयोग भएन भने भोलिपल्ट २४ घन्टासम्म सोही अवधिमा प्रयोग गर्न सकिनेछ । १५ रुपैयाँमा बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म लागू हुने अनलिमिटेड कल अफरलाई निरन्तरता दिएको छ ।

लार्ज डेटा प्याकअन्तर्गत १६ सय रुपैयाँमा ६० दिनका लागि ३० जिबी प्याक र ३ हजार रुपैयाँमा १ सय २० दिनका लागि ६० जिबी प्याक उपलब्ध हुनेछ । फोरजी–एलटिई अफरअन्तर्गत १५ रुपैयाँमा १ दिनका लागि जम्मा १ सय एमबी डेटा उपलब्ध हुनेछ । यसबाट ५० एमबी सबै नेटवर्कमा प्रयोग गर्न सकिने र थप बोनसका रूपमा फोरजी नेटवर्कमा प्रयोग गर्न सकिने ५० एमबी डेटा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

वि.सं.२०७७ साउन १ बिहीवार १२:४१ मा प्रकाशित

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

काठमाडौँ । महालक्ष्मी विकास बैंकले आफ्ना महिला कर्मचारीहरुको शिशु मातृत्वलाई...

फेरि तीन लाख काट्यो सुनको मूल्यले, कति छ त प्रतितोला ?

फेरि तीन लाख काट्यो सुनको मूल्यले, कति छ त प्रतितोला ?

काठमाडौँ । आज पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ...

नाईमा अटो एक्स्पोमा DONGFENG बस सार्वजनिक हुने

नाईमा अटो एक्स्पोमा DONGFENG बस सार्वजनिक हुने

काठमाडाैँ । हिमालयन अर्गनाइजेशन अन्तर्गत रहेको आयाम इन्टरकन्टिनेन्टलले चीनको बहुप्रतिष्ठित...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका (आइतबार)का लागि विदेशी मुद्राको...

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी

काठमाडौँ । नेपाली उत्पादन तथा सेवालाई खाडी मुलुक ओमानमा विस्तार...