१ साउन, काठमाडौं । प्रहरी नायब महानिरिक्षक (डीआईजी) निरज शाही र प्रधुम्न कार्कीको नाम अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस गरिएको छ ।
बुधबार साँझ गृहमन्त्रालयमा बसेको बढुवा समितिको बैठकले शाही र कार्कीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो।
एक साताभित्र सिफारिस गरिएका उनीहरु विरुद्ध कुनै उजुरी नपरे सरकारले उनीहरुलाई एआईजीमा पदस्थापन गर्नेछ।
२४ असारमा १ जना एआईजी अनिवार्य अवकाश र एक जना एआईजी प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त भएसँगै दुई एआईजीको पद खाली छ ।

वि.सं.२०७७ साउन १ बिहीवार १३:१० मा प्रकाशित






























