back
CTIZAN AD

के माधव नेपालको इन्ट्रीले नेकपा विवाद समाधान होला त ? विवाद समाधान खोज्न बालुवाटारमा त्रिपक्षीय वार्ता

वि.सं.२०७७ साउन १ बिहीवार

711 

shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको आन्तरिक विवाद मिलाउन अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल सुरु भएको छ ।

अध्यक्षद्वयबीच केहि दिनदेखि भईरहेको ‘वान टु वान’ संवादले निकास निकाल्न नसकेपछि नेता नेपालसहितको त्रिपक्षी संवाद सुरु भएको हो । नेताहरुबीचको संवाद प्रधानमन्त्री निवास बालुवाटारमा साढे ११ देखि सुरु छ ।

त्रिपक्षीय वार्ता सुरु भएसँगै नेकपाभित्र विवादले देखिएको गतिरोध अन्त्य हुने आशा पलाएको छ । नेकपाका केहि नेताले बैठकले विवाद समाधान गर्ने आशा पनि देखाएका छन् ।

यसअघि विवाद समाधानकै लागि मंगलबार र बुधबार अध्यक्षद्वयबीच छलफल भएको थियो । बुधबारको बैठकमा पार्टी महासचिव विष्णु पौडेल र जनार्दन शर्माको पनि उपस्थिति थियो ।

सत्तारुढ नेकपाभित्र विवाद चर्किएसँगै स्थायी कमिटी बैठक साउन २ सम्मको लागि स्थगित छ । विवाद बढ्दा शीर्ष नेताहरु बैठक नै रोकेर छलफलमा जुटेका थिए ।

गत असार १० गतेदेखि जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा मागिएसँगै विवाद उत्कर्षमा पुगेको थियो । नेकपाभित्रका प्रचण्ड–माधव समुहका ३० स्थायी समिति सदस्यले प्रधानमन्त्री ओलीको पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा मागेका थिए ।

सम्बन्धित समाचार

ओली र प्रचण्डबीच तीन घण्टा लामो छलफल, निस्किएन समाधान

वि.सं.२०७७ साउन १ बिहीवार १३:२० मा प्रकाशित

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

धादिङ । धादिङको थाक्रे गाउँपालिका–७ जुङ्गेखोलास्थित पृथ्वी राजमार्गमा शनिबार चारवटा...

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

भद्रपुर (झापा) । झापामा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई...

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पोखरा । पर्वत मिलन समाज, पोखरा र चरक मेमोरियल अस्पताल...

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

रसुवा । आगामी भदौ १२ गते जनैपूर्णिमाका अवसरमा पवित्रतीर्थस्थल गोसाइँकुण्डमा...

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

काठमाडौँ । नेपाल एपली ग्यास उद्योग सङ्घले पछिल्लो समय ग्यासको...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...