काठमाडाैं । सरकारले आ.ब. २०७७/७८ को लागि तोकिएको करको दर आजदेखि लागु हुने गरि परिवर्तन गरेको छ । आजदेखि लागु भएकाे करकाे दरमा सिसिअनुसार दर फरक-फरक रहेकाे छ ।
जसमा १२५ सिसिसम्मका सवारी साधनकाे वार्षिक कर रु. २८०० ताेकिएकाे छ । त्यसैगरि १२६ सिसि देखि १६० सिसि सम्म रु. ४,५०० ताेकिएकाे छ ।
१६२ देखि २५० सिसि सम्म रु. ५,५०० र २५१ देखि ४०० सिसि सम्मका सवारी साधनलाई रु. ९,००० ताेकिएकाे छ । त्यसैगरि ४०१ देखि ६५० सिसिसम्म रु. २०,००० र ६५१ सिसिमाथि सबैमा रु. ३०,००० कर लाग्नेछ ।
त्यसैगरि याे आ.ब.देखि लागु हुनेगरि विद्युतीय सवारी साधनमा पनि करकाे निर्धारण गरिएकाे छ । सरकारले विधुतिय सवारी साधनमा वाटअनुसारकाे करकाे दर ताेकेकाे छ ।
सरकारले ३५० वाट देखि १००० वाट सम्म रु. १,५०० र १००१ वाटदेखि १५०० वाटसम्म रु. २,००० कर ताेकेकाे छ । त्यसैगरि १५०१ वाटभन्दा माथि रु. ३,००० रहेको छ ।
त्यसैगरि सरकारले सवारी दर्ता शुल्क (निजी/सार्वजनिक/पर्यटक/संस्थान) सबैको लागि रु. ५०० र ब्लु बुक नविकरण दस्तुर निजी रु. १०० ताेकेकाे छ । यस्तै नामसारी तस्तुर निजी रु. २०० र सार्वजनिक/पर्यटक/संस्थानलाई रु. ३०० ताेकेकाे छ ।

वि.सं.२०७७ साउन १ बिहीवार १६:१४ मा प्रकाशित






























