back
CTIZAN AD

एक कार्यकर्ताले पत्र लेख्दै मागे प्रचण्डको राजीनामा

वि.सं.२०७७ साउन १ बिहीवार

1.1K 

shares

तपाईले स्थायी कमिटी बैठकमा अर्का अध्यक्ष ओलीको राजीनामा मागेसँगै हामीलाई पनि बाटो खुलेको छ । पार्टी एकता देखि तपाई यो एकिकृत पार्टीको अध्यक्ष हुनुहुन्छ । पछिल्लो मङ्कसीर देखि त तपाई कार्यकारी अध्यक्ष पनि हुनुहुन्छ । यसमानेमा पार्टीको यो हालत हुनुमा तपाइको जिम्मेवारी पनि त होला नि !

नेपाल कम्युनिष्ट पार्टी नेकपामा पछिल्लोपटक देखिएको आन्तरिक विवादले यतिबेला पार्टीका कार्यकर्ताहरुलाई समेत निरास बनाएको छ ।

दुई पार्टीको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थानिय देखि संघीय सरकारसम्म बलियो पकड छ । तर यस्तो अवस्थामा सक्ति प्राप्तिका लागी वार्गेनिङ्क गर्नु वेइमानी हो भन्दै नेकपाका कार्यकर्ता पुष्पलाल पाण्डेले पार्टी अध्यक्ष प्रचण्डको राजिनामाको माग गर्दै पत्र लेखेका छन् ।

यस्तो छ पाण्डेको पत्र :
आदरणीय अध्यक्ष पुष्प कमल दाहालज्यू
हार्दिक नमस्कार
यहाँलाई सम्वोधन गरेर पत्र लेखिरहँदा तपाई सक्ति प्राप्तिको वार्तामा हुनुहुन्छ । सम्भवत यो वार्ताको परीणाम र यो अकिन्चनको सानो गुनासो एकैपटक बाहिर आउला । त्यस्तो भए त्यो केवल एउटा संयोग मात्रै हुने ख्वामितमा जानकारी गराउन चाहान्छु । तपाई अहिले देशले मात्रै होइन दुनियाले सुन्ने नेता हुनुहुन्छ । यस मानेमा मैले तपाईलाई नसुन्ने र नहेर्ने भन्ने सवाल नहोला । अझ पछिल्लो पटक तपाईले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपि शर्मा ओलीको दुवै पदबाट राजीनामा माग्नु र सोहि वेलादेखि ओली फाल्न सरहद बाहिरका सक्ति लाग्नुको सँयोग परेदेखि तपाईमा मेरो अलि बढिनै चासो रह्यो । यस्तो हुनु स्वभाकि हो किनभने म पनि तपाइले नेतृत्व गरेको दलको सुभचिन्तक कार्यकर्ता हुँ । पार्टीको सुप्रीमोलाई एउटा भुरे कार्यकर्ताले चिठि लेखेको ख्वामितलाई कति चित्त वुझ्ला या नवुझ्ल्ला यो ख्वामीतकै दखल अन्दाजिमा छोडिदिदै आफ्नो गुनासो राख्न चाहान्छु । हुन त तपाई र अर्का अध्यक्ष ओलि विचको वार्ता निष्कर्षमा पुग्दै गरेको यो वेलामा यि सव्दहरु नलेखेको भएपनि हुन्थ्यो ।

आदरणिय अध्यक्षज्यु
तपाईले पार्टी स्थायी कमिटिमा उठाउनु भएका तर्कहरु खुव दमदार थिए । प्रधानमन्त्रीको रुपमा ओली कति पानी माथी छन् । अहिले म त्यता जान चाहिन । तर एकजना अध्यक्षको रुपमा तपाईले अर्का अध्यक्ष ओलीको राजिनामा मागीरहँदा भने कताकता विझायो । अहिले म त्यहि काँडो निकाल्ने प्रयासमा छु । हो अध्यक्षज्यू पार्टी एकता निष्कर्षमा पुगेको छैन । पार्टी कमिटिहरु भद्दा र निष्कृय छन् । जनवर्गिय सँगठनहरुको अवस्था त अत्यन्त्यै दयनिय छ । साच्चै भन्ने हो भने अहिले पार्टी कतै देखिदैन । अझ अहिले त पार्टी महाधिवेशनको तयारीमा लाग्नुपर्ने वेला हो । यस्तो वेलामा पार्टी कतै नदेखिदा तपाइलाइ जत्तिको अप्ठ्यारो हामि कार्यकर्तालाई पनि भएको छ ।

यस्तो अवस्थामा पार्टी पुग्दा हाम्रो मनपनि खुव रोएको छ । कहिलेकाहि त हिजोका दुइ पार्टी एकतामा रमाएको यो मन आफ्नै होइन की जस्तो पनि लाग्दछ । तर मन थामेर बस्नुको बिकल्प हामी सँग छैन । किनकि हामीसँग तपाइहरुको राजीनामा माग्ने अस्त्र छैन । यो अस्त्र तपाई दुइजना अध्यक्षहरुले कम्तीमा अहिलेलाई खल्तीमा राखिदिनु भएको छ ।

तर तपाईले स्थायी कमिटी बैठकमा अर्का अध्यक्ष ओलीको राजीनामा मागेसँगै हामिलाई पनि बाटो खुलेको छ । पार्टी एकता देखि तपाई यो एकिकृत पार्टीको अध्यक्ष हुनुहुन्छ । पछिल्लो मङ्कसीर देखि त तपाई कार्यकारी अध्यक्ष पनि हुनुहुन्छ । यसमानेमा पार्टीको यो हालत हुनुमा तपाइको जिम्मेवारी पनि त होला नि ! तोकिएको समयमा पार्टी एकताका सवै काम सम्पन्न गर्न नसक्ने, पार्टीको पोलिटब्युरो अझैसम्म गठन गर्न नसक्ने, जनवर्गिय सँगठनहरुको व्यवस्थापन गर्न नसक्ने । आफुलाई पार्टीले दिएको कुनै जिम्मेवारी पूरा नगर्ने तपाईको राजीनामा हामीले माग्न पाउने की नपाउने । म त भन्छु यि केहि काम गर्न नसके पछि तपाईले पनी राजिनामा दीनुस् ।

आदरणीय अध्यक्षज्यु
तपाईले स्थायी कमिटिमा सक्तिका लागी बार्गेनिङ्ग गर्नुभएको हो । श्रोतहरुका अनुसार तपाई र अर्का अध्यक्ष ओलीवीच कुरा मिलिसकेको छ । तपाईको बार्गेनिङ्गले तपाईले सक्ति पाइसक्नु भएकोमा मेरो तर्फवाट वधाइ छ ।
अव केहि समय पार्टी फेरी राम्रै गरी चल्ने छ । तर तपाईको बानी भने फेरिने छैन ।

मलाइ लागेको थियो तपाई परीवर्तन हुनुभयो । तपाईको यहि परीवर्तनको मूल्यमा हो, हामिले १७ हजार मानीसको आलो रगत आफ्नो माथमा लगाएर तपाईले गरेको पापको भागीदार बनेको । तपाईका लडकाहरुले जर्वजस्ती लगाएको चन्दा तिरेका र तिर्न नसकेर पलायन भएका लाखौ मानीसको आँसुले नुहाएर तपाईलाई चोख्याएको । यसमा हाम्रो एउटै स्वार्थ थियो एउटै कम्युनिष्ट केन्द्र भएको हेर्ने । अहिले एउटै कम्युनिष्ट केन्द्र बनेको छ । नेपाल कम्युनिष्ट पार्टी । स्थानिय देखि सँघिय सरकारसम्म नेकपाकै बलियो पकड छ । यस्तो अवस्थामा सक्ति प्राप्तिका लागी बार्गेनिङ्ग र्नु वेइमानी हो । वलियो कम्युनिष्ट केन्द्रको नेता बेइमानी गर्ने हुनुहुदैन, यसकारण यी सवै समस्याको समाधान तपाईको राजिनामा मात्रै हो ।

वि.सं.२०७७ साउन १ बिहीवार १६:०७ मा प्रकाशित

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

१. पृष्ठभूमि बीपी सडक निर्माणको अर्थराजनीतिमा शक्ति, धन, र नीतिगत...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...