२ साउन, काठमाडौँ । हाल वेलायत रहँदै आएका ज्योतिषी पण्डित निलहरि घिमिरेले आजबाट कोरोना भाइरसले निम्त्याएको महामारीको प्रभाव कम हुँदै जाने बताएका छन् ।
गत डिसेम्बर २०१९ देखि कोरोना भाइरस निम्तयाएको कालसर्प योग आजबाट भंग भएको छ र अब महामारिको अन्त्य पनि हुँदैजाने योग रहेको उनी बताउँछन् ।
उनी भन्छन् ‘आजबाट सुर्य कर्कट राशि आफ्नै मित्र राशिमा प्रबेश भएकाछन् आफ्नो उच्च राशिको अधिपति मंगल लाई दृष्टि राख्दै बलियो अवस्थामा छन् ,साथै आज वाट सुर्यदेव कालसर्प योगको बन्धनबाट मुक्त पनि भएका छन् । ’
उनी भन्छन् :
आजबाट सुर्य कर्कट राशि आफ्नै मित्र राशिमा प्रबेश भएकाछन् आफ्नो उच्च राशिकाे अधिपति मंगल लाई दृष्टि राख्दै बलियाे अवस्थामा छन् ,साथै आज वाट सुर्यदेव कालसर्प याेगको बन्धनबाट मुक्त पनि भएका छन् , गत dec 2019 देखि काेराेना भाइरस निम्तयाएको कालसर्प याेग आज बाट भंग भएकाेछ , र अब महामारि काे अन्त्य पनि हुदैजाने याेग छ आजबाट ।।
अब मानवशक्तिले याे भाईरस माथि काबु पाउनेछन् ,सुर्य र मंगल काे याेगले खाेप तथा आौषधि ले काेराेना प्रती अवस्य विजय पाउनेछ अव, september काे अन्त्य देखि राहु र केतु काे राशिपरिवर्तन उप्रान्त विश्व मै महामारि अन्त्य भएर पुनः यथास्थिति मा सञ्चालन हुने याेग देखिन्छ ,जेहाेस् याे काल सर्पयाेगकाे कारण धेरैले ज्यान गुमाएकाछ्न् ,प्रत्येक मानवले घाेर कठिनाइ र महामारी काे कष्ट भाेग्नु परेकाेछ ,साथै राम्रा पक्ष हरु पनि छन् मानवकाे अहंकार र घमण्ड लाइ ताेड्दै अनुसाशित जिवन जिउने सिक्षा पनि दिएकाेछ याे महामारि ले याेग,ध्यान,ईश्वरप्रति आस्था ,सात्विक आहार ,कुशल जिवन शैलीमा विकास भएकाे पाइन्छ पुर्बिय दर्शन काे पुनः जागरण भएर विश्वमै चासाेकाे विषय बने काे छ ।।
अव सवै अहंकार लाई त्यागी मानव मानव मा प्रेमकाे उजागर गर्दै विश्वलाई शान्ती साैन्दर्य वनाउन र वातावरण लाइ स्वच्छ राख्न सहयाेग गराै ।।
समुन्द्र मन्थन गर्दा निस्केको कालकुट विष खाएर शिवजिले जसरी विश्वलाई शान्ती पार्नुभएको थियोे , तदनुरुप यो श्रावण महिनाभरी शिवजिको जप ध्यान भजन किर्तन र दान गरि सत्संग गर्नाले विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाईरस अर्थात कोभिड -१९ को शान्ती हुने धार्मिक विश्वासलाई आत्मसात् गर्दै श्रावण महिनाभरी यी कार्यहरुमा सहभागी भै कोरोनालाई जितौ पहिलाको जस्तो सहज वातावरणमा फर्किउँ ।।
जय पशुपतिनाथ ।
हर हर महादेव ।।
ज्याेतिषी पण्डित निलहरि घिमिरे
हाल वेलायत
वि.सं.२०७७ साउन २ शुक्रवार १३:५५ मा प्रकाशित






























