
काठमाडौं । पार्टी आन्तरिक विवाद चुलिँदै गएका बेला सत्तारुढ नेकपाले सचिवालय बैठक बोलाएको छ । शुक्रबार प्रधानमन्त्री एंव पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफलपछि शनिबार (भोली) सचिवालय बैठक बोलाइएको हो ।
नेकपा स्रोतले जानकारी दिएअनुसार स्थायी समितिका एजेण्डाबारे छलफल गर्न सचिवालय बैठक बोलाइएको हो ।
यसअघि शीर्ष तहको छलफलले स्थायी समिति बैठक स्थगन गर्दै साउन ४ (आईतबार) गर्ने निर्णय गरेकाे थियाे ।
असार १० देखि सुरु स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा मागिएसँगै नेकपाभित्र विवाद चुलिँदै गएको छ । पार्टी विवादकै कारण पटक-पटक बाेलाइएकाे स्थायी समिति बैठक स्थगित हुँदै आएकाे छ ।