back
CTIZAN AD

विश्वभरी ८२ लाख ८४ हजार भन्दा बढी व्यक्ति कोरोना संक्रमणबाट निको भए

वि.सं.२०७७ साउन २ शुक्रवार

660 

shares

२ साउन, जेनेभा स्वीट्जरल्याण्ड । विश्वमा कोरोना भाइरस संक्रमित भएका १ करोड ३९ लाख ५२ हजार ४०६ जना व्यक्तिमा ८२ लाख ८४ हजार २८५ व्यक्ति संक्रमण मुक्त भएका छन् । शुक्रबारसम्म प्राप्त समाचारअनुसार विश्वमा कोरोना भाइरसको संक्रमणबाट ५ लाख ९२ हजार ७५७ जना व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जानकारी दिएको छ ।

हाल विश्वभरमा ५० लाख ७५ हजार ३६४ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । संक्रमितहरु मध्ये ५९ हजार ८८७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ३६ लाख ९५ हजार २५ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ४१ हजार ११८ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ३१ लाख १६ हजार ३९३ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख १२ हजार २९३ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ४३ लाख २६ हजार ८२८ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ९२ हजार ४८७ जनाको मृत्यु भएको छ ।

युरोपमा २६ लाख २९ हजार ७२ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९८ हजार १६६ को मृत्यु भएको छ । एसिया ३१ लाख ९९ हजार १६० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ७५ हजार २५९ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा ६ लाख ६७ हजार ३३४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १४ हजार ३९९ जनाको मृत्यु भएको छ । ओसियानामा १२ हजार ९०३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १३८ जनाको मृत्यु भएको छ । एएफपी

वि.सं.२०७७ साउन २ शुक्रवार १४:५० मा प्रकाशित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले...

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

काठमाडौँ । गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन्...

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन...

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...