back
CTIZAN AD

भारतमा बस्ने नेपालीमाथि ज्यादती, जबर्जस्ती मुण्डन गराई टाउकोमा लेखियो श्रीराम

वि.सं.२०७७ साउन २ शुक्रवार

918 

shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको विवादास्पद राम र अयोध्याबारेको अभिव्यक्तिपछि भारतमा नेपालीहरुमाथि ज्यादती सुरु भएको छ । भारतमा बस्ने नेपालीमाथि हिन्दु कट्टरवादीहरुले ज्यादती दिन थालेका हुन् ।

हालै मात्र हिन्दुवादी संगठन विश्व हिन्दु सेनाले भारतमा बस्ने नेपालीको जबरजस्ती टाउको मुण्डन गरि जय श्रीराम लेखेर छाडेका छन् । कपाल खौरिएर श्रीराम लेखिएको भिडियो अहिले सामाजिक सञ्जालमा पनि भाईरल बनेको छ ।

भिडियोमा नेपालीको कपाल मुण्डन गर्दै गर्दा विश्व हिन्दु सेनाका कार्यकर्ताले नेपाल र प्रधानमन्त्री ओलीको विरुद्वमा नाराबाजी गरेको देखिन्छ । उनीहरुले प्रधानमन्त्री ओलीलाई होस आउन चेतावनी पूर्णं आग्रह छन् ।

यता भिडियो भाईरल बनेसँगै भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले उत्तर प्रदेशको मुख्यमन्त्री कार्यालयसँग घटनाबारे जानकारी मागेको बताएका छन् । सामाजिक सञ्जालमा भिडियो भाईरल बनेसँगै धेरैको प्रश्नको तारो बनेका उनले भिडियोसहित कुराकानी भएको कुरा सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् ।

गत असार २९ मा आदिकवि भानुभक्त जयन्तीको दिन आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले हिन्दुहरुका भगवान राम नेपालमा जन्मेको र अयोध्या पनि नेपालमा रहेको बताएका थिए । उनले यस्तो अभिव्यक्ति दिएसँगै भारतमा नेपाल र नेपाली विरोधी अभियान सुरु भएको छ ।

https://www.facebook.com/sansarnewsnepal/videos/589728461729238

वि.सं.२०७७ साउन २ शुक्रवार १४:५१ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...