back
CTIZAN AD

कोरोनामुक्त बन्यो पाँचथर, सबै क्वारेन्टिन खाली

वि.सं.२०७७ साउन ३ शनिवार

807 

shares

३ साउन, पाँचथर । यहाँका कोरोना भाइरसका सबै सङ्क्रमित निको भई घर फर्केका छन् । विदेशबाट आई फिदिमस्थित क्वारेन्टिनमा बसेका यहाँका चार जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । उनीहरु सबै सरकारी उद्धारबाट नेपाल आएका थिए । चारै जनालाई विभिन्न खाडी राष्ट्रबाट उद्धार गरिएको थियो । पछिल्लो पटक सङ्क्रमित देखिएका तीन जना पुरुष कोरोना सङ्क्रमण मुक्त भई अस्पतालबाट फर्केका छन् । यस्तै शुक्रबार यहाँका क्वारेन्टिनमा बस्नेको सङ्ख्यासमेत शून्यमा झरेको छ ।

पाँचथरमा पहिलो पटक गत जेठ ३ गते कोरोना भाइरसको पहिलो सङ्क्रमित भेटिएका थिए । जिल्लाको याङवरक गाउँपालिका घर भई वैदेशिक रोजगारीका क्रममा कुवेत पुगेकी २५ वर्षीया युवतीमा सङ्क्रमण देखिएको थियो । उनी सरकारी उद्धारबाट वैशाख ३० गते नेपाल आएकी थिइन् । सङ्क्रमण देखिएपछि उपचारार्थ कोशी अस्पताल पठाइएकी ती युवती दुई साताअघि निको भई घर फर्किसकेकी छन् ।

यस्तै साउदी अरेबियाबाट उद्धार गरिएका जिल्लाको हिलिहाङ गाउँपालिकाका २८ वर्षीय पुरुषमा गत असार २१ गते तथा संयुक्त अरब इमिरेट्स (युएई)बाट उद्धार गरिएका याङवरक गाउँपालिकाका २३ वर्षीय पुरुष र कतारबाट उद्धार गरिएका तुम्बेवाका ३२ वर्षीय पुरुषमा असार २६ गते कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो ।

उनीहरुमध्ये दोस्रो सङ्क्रमितलाई कोशी अस्पताल विराटनगर तथा बाँकी दुई जनालाई कोभिड–१९ विशेष अस्पताल गोठगाउँ, मोरङ पठाइएको थियो । पछिल्लो पटक गरिएको परीक्षणमा तीनै जनामा कोभिड–१९ नेगेटिभ देखिएपछि घर फर्कंदै गरेको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदीले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयले सबै सङ्क्रमित निको भएको तथा क्वारेन्टिनमा बसेका सबैको स्वाब परीक्षण गरी घर फर्काएको जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी नारायण न्यौपानेका अनुसार शुक्रबार जिल्लाका ४२ वटा क्वारेन्टिन पूर्णरुपमा खाली भएका छन् । क्वारेन्टिनमा बसेका तथा अन्य गरी जिल्लामा ७७९ जनाको स्वाब परीक्षण गरिएको छ भने २ हजार २०३ को आरडिटी गरिएको छ । यहाँका ७२२ बेडको क्वारेन्टिन तथा ३६ बेडको आइसोलेन कक्ष पहिलोपटक पूर्णरुपमा खाली भएका छन् । रासस

वि.सं.२०७७ साउन ३ शनिवार १६:०८ मा प्रकाशित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले...

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

काठमाडौँ । गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन्...

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन...

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...