back
CTIZAN AD

खेल रत्न पुरस्कार किन लिएनन् हरभजन सिंहले ?

वि.सं.२०७७ साउन ३ शनिवार

849 

shares

३ साउन, काठमाडौँ । अनुभवी अफ स्पिनर हरभजन सिंहले शनिबार पञ्जाब सरकारले खेल रत्न पुरस्कारका लागि किन आफ्नो नाम मनोनयनबाट किन फिर्ता लियो भन्ने बारे स्पष्ट पारेका छन् । हरभजनका अनुसार उनी आफैले पंजाब सरकारलाई राजीव गान्धी खेल रत्न पुरस्कार नामांकन फिर्ता लिन भनेका हुन् । शनिबार, हरभजनले ट्वीट गर्दै भनेका छन् ‘उनी यो पुरस्कारका लागि योग्य छैनन् ।’


हरभजनले यसअघि एउटा ट्वीटमा लेखेका थिए, ‘मित्रहरू ! मलाई धेरै व्यक्तिहरूको कलहरू आउँछन, जसले पंजाब सरकारले खेल रत्न पुरस्कारका लागि मेरो नामांकन किन फिर्ता लिएको भनेर सोध्ने गर्दछन् । सत्य यो हो कि म आफैं खेल रत्न पुरस्कारको लागि योग्य छैन, नकि अन्तर्राष्ट्रिय प्रदर्शनको अन्तिम तीन वर्ष यसका लागि देखिएको छ ।’


हरभजनले अर्काे ट्वीटमा लेखेका छन्, यसमा पंजाब सरकारको कुनै गल्ती छैन, किनभने उनीहरूले मेरो नाम फिर्ता लिएर उचित काम गरेका छन् । म मेरा मिडिया मित्रहरूलाई अपील गर्दछु कि यस बारे कुनै अनुमान नराख्नुहोन् । धन्यवाद ।’

उनले थप स्पष्ट पार्दै लेखेका छन्,मेरो खेल रत्न पुरस्कार नामांकनको बारेमा धेरै दुविधा र अनुमानहरू छन्, त्यसैले म यसलाई स्पष्ट पार्न चाहन्छु । हो, गत वर्ष मेरो नामांकन ढिलाइ पठाइएको थियो, तर यस बर्ष मैले पंजाब सरकारलाई मनोनयन फिर्ता लिन भनेँ किनकि म तीन वर्ष यसको योग्यतामा पर्दिन ।

गतवर्ष, पंजाब सरकारले हरभजनको खेल रत्न नामांकन अन्तिम मितिमा पठाएको थियोे, जुन खेल मन्त्रालयले अस्वीकार गरेको थियो । यसपटक नामांकन समयमै पठाइएको थियो तर राज्य सरकारले कुनै कारण नदेखाए यसलाई फिर्ता लिएको छ ।

हरभजन टी –२० वल्र्ड कप २००७ र वल्र्ड कप २०११ जित्ने भारतीय टीमका हिस्सा थिए । ४१७ विकेटको साथ, उनी टेस्ट क्रिकेटमा तेस्रो सर्वाधिक विकेट लिने व्यक्ति हुन् । भारतीय क्रिकेटमा अनिल कुम्ब (६१९) साथ प्रथम छन् भने कपिल देव (४३४) का साथ दोस्रो विकेट लिने बलर हुन् ।

वि.सं.२०७७ साउन ३ शनिवार १९:२५ मा प्रकाशित

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट...

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

काठमाडौँ । ब्राजिलले स्कटल्याण्ड र मोरक्काले हाइटीलाई पराजित गर्दै फिफा...

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

काठमाडौँ । स्विट्जरल्यान्डले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप–२०२६ को ‘नकआउट’...

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र...

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया  पराजित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया पराजित

काठमाडौँ । कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी...