काठमाडौं । नासाका वैज्ञानिकले दिएको चेतावनीले विश्वलाई नै तरंगीत तुल्याएको छ । वैज्ञानिकहरुले बेलायतको लण्डन आईभन्दा ठूलो क्षुद्रग्रह पृथ्वीसँग ठोकिन आउने तथ्य सार्वजनिक गरेसँगै तरंगीत तुल्याएको हो ।
नासाका अुनसार ठूलो आकारको क्षुद्र ग्रह अत्यन्तै तिव्र गतिमा पृथ्वी तर्फ आउँदैछ । यो क्षुद्रग्रह लण्डन आईभन्दा झण्डै डेढ गुणा ठुलो रहेको वैज्ञानिकहरुको अनुमान छ । बेलायतको लैण्डमार्कस्थित लण्डन आईको क्षेत्रफल ४४३ फिट छ भने उक्त क्षुद्रग्रह लण्डन आईको क्षेत्रफलभन्दा डेढ गुणा ठूलो छ ।
Asteroid: (2020 ND)
Diameter: 87-280 (m)
It will pass 5,571,841 (km) from the Earth (Jul 24, 2020). pic.twitter.com/WRQO6S8gzZ— Aksium (@Aksium_sky) July 8, 2020
खतरा बन्न सक्ने वैज्ञानिकको अनुमान
अन्तरिक्ष स्पेस एजेन्सी नासाले एस्टेरोइड २०२० एनडी नाम दिइएको उक्त क्षुद्रग्रह काफी खतरनाक हुनसक्ने अनुमान गरेको छ । २४ जुलाई २०२० सम्म उक्त एस्टेरोइड पृथ्वीको सबैभन्दा नजिक आउने नासाले बताएको छ ।
नासाको चेतावनीअनुसार एस्टेरोइड पृथ्वीको ०.०३४ खगोलिय इकाईसम्म आउन सक्नेछ । एक खगोलिय एकाई १५० मिलियन किलोमिटरको बराबर हुन्छ अर्थात पृथ्वी र सुर्यको बीचको दुरी जस्तै । एजेन्सीको सहयोगमा
वि.सं.२०७७ साउन ४ आइतवार १५:०८ मा प्रकाशित






























