
४ साउन, काठमाडौँ । अष्ट्रेलियामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या तिब्ररुपमा बढि रहेको छ । पछिल्लो २४ घण्टामा मात्रै अष्ट्रेलियामा २ सय ६ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट २ जनाको मृत्यु भएको छ ।
यससँगै अष्ट्रेलियामा कोरोन भाइरसबाट संक्रमितहुनेको संख्या ११ हजार ८ सय २ पुगेको छ भने संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय २२ पुगेको छ ।
पछिल्ला ४ दिनमा मात्र १ हजार ४ सय ६१ जना कोरोना भाइरसका नयाँ संक्रमितरु भेटिएका छन भने संक्रमणबाट १० जनाको मृत्यु भएको छ ।