back

माछापुच्छ्रेको अगुवाइमा लिखु २ आयोजनाका लागि सहवित्तियकरण सम्झौता

वि.सं.२०७३ पुस १५ शुक्रवार

1K 

shares

likhu-machhapuchhera
ग्लोबल हाईड्रोपावर एसोसिएटप्रा.लि. ले प्रवर्धन गर्दै हाल निर्माण गर्न लागेकोे ३३.४ मे.वा. जडित क्षमताको लिखु–२ जलविद्युत आयोजनामा माछापुच्छ्रे वैंक लिमिटेडको अगुवाइमा ६ बैंक तथा वित्तीय संस्थाहरुले ४ अर्व ५१ करोड रुपैया कर्जा लगानीगर्ने वारे प्रवर्धक कम्पनि र वैंकहरु बीच मिति २०७३/०९/१४गते काठमाण्डौंमा सम्झौता सम्पन्न भएको छ । यसका अन्य सहभागी बैंक तथा वित्तीय संस्थाहरु मेगा बैंक नेपाल लि., नेपाल एसबिआइ बैंक लि., नेपाल बंगलादेश बैंक लि., एभरेष्ट बैंक लि. र भिवोर सोसाइटी डेभलपमेण्ट बैंक लि. रहेका छन् ।

आयोजनाको लगानी संरचनाअनुसार कुल लागत रु. ६ अर्व २ करोड मध्ये ७५ प्रतिशत वैंक तथा वित्तीय संस्थाको र २५ प्रतिशत प्रवर्धकको लगानी रहने छ । वैंकहरुद्धारा कर्जा लगानी गर्ने निश्चित भएपछी आयोजनाको निर्माण कार्य अघी बढने निश्चित भएको छ ।
लिखु–२ जलविद्युत आयोजना रामेछाप जिल्लाको गुम्देर गा.वि.स. र सोलुखुम्बु जिल्लाको भकञ्जेगा.वि.स.मा अवस्थित छ । २४२ मिटर हेड र १६.५ क्युसेक (डिजाइन डिस्चार्ज) पानी वालुवा थेग्रायाई करिवन ७ किलोमिटर सुरुङ तथा४८९ मिटर पेनस्टक पाईपको माध्यमद्धारा विद्युतिय उर्जा उत्पादन गरिने बैंकले जनाएको छ ।
अध्ययन अनुसार आयोजनाबाट वार्षिक १८ करोड २५ लाख ९० हजार युनिट विद्युतीय उर्जा उत्पादन हुनेछ । उक्त उत्पादीत उर्जा नेपाल विद्युत प्राधिकरणसँग भएको विद्युत खरिद विक्री सम्झौता(पि.पि.ए) अनुसार न्यू खिम्ती सवस्टेशन सम्म आयोजनाले प्रसारण लाईन निर्माण गरी त्यहाबाट राष्ट्यि प्रसारण प्रणाली मार्फत स्वदेशमै आन्तरिक खपतको लागि वितरण गरीने छ । आयोजना समयमै सम्पन्नगर्न प्रवर्धक कम्पनिले सरकारलाई “परफमेन्स सेक्युरिटी” वुझाएको छ ।
सहभागी बैंक तथा वित्तीय संस्थाहरुको तर्फबाट माछापुच्छ्रे वैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निरजकुमार श्रेष्ठ र प्रवद्र्धक ग्लोबल हाईड्रोपावर एसोसिएट प्रा.लि. का तर्फबाट अध्यक्ष मोतीलाल दुगड बीच सम्झौता आदान प्रदान भएको छ ।
यो लगानी सम्झौता भएको २/३ महिनाभित्रै आयोजनाका मुख्य संरचनाहरु निर्माण प्रारम्भ गरी बि.सं.२०७७ श्रावण १ भित्रै विद्युत उत्पादन गरिने लक्ष्य लिइएको बैंकले जनाएको छ ।

वि.सं.२०७३ पुस १५ शुक्रवार ०२:२८ मा प्रकाशित

Himalayan Life AD
महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले अन्तर्राष्ट्रिय स्तरको महत्वपूर्ण पुरस्कार...

प्राइम कमर्सियल बैंकका पूर्व सीईओ नारायण दास मानन्धरको ८३ वर्षमा निधन

प्राइम कमर्सियल बैंकका पूर्व सीईओ नारायण दास मानन्धरको ८३ वर्षमा निधन

काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडका पूर्व प्रमुख कार्यकारी अधिकृत...

“करेन्ट नूडल्सू” अब ग्रीन इनर्जीबाट बनाइने: यशोदा फूड्स”

“करेन्ट नूडल्सू” अब ग्रीन इनर्जीबाट बनाइने: यशोदा फूड्स”

काठमाडौँ । करेन्ट नुडल्सका निर्माता यशोदा फुड्सले दिगोपनालाई प्राथमिकता दिँदै...

सानिमा बैंकले मनायो २१औं वार्षिकोत्सव

सानिमा बैंकले मनायो २१औं वार्षिकोत्सव

काठमाण्डौ  । सानिमा बैंक लिमिटेडले आफ्नो २१औं वार्षिकोत्सव मनाएको छ।...

नेपाल बैंकका कर्मचारीलाई क्यूरा हेल्थ प्रा.लिमा विशेष छुट

नेपाल बैंकका कर्मचारीलाई क्यूरा हेल्थ प्रा.लिमा विशेष छुट

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु...