back
CTIZAN AD

मिर्गौला बेचबिखन गर्ने गिरोह पक्राउ

वि.सं.२०७३ पुस १४ बिहीवार

942 

shares

१४ पुस,काठमाडौँ  । महानगरीय प्रहरी अपराध महाशाखाले भारतका विभिन्न सहरमा जागिर लगाइदिने प्रलोभन देखाई मानव अङ्ग मिर्गाैला बेचबिखन गर्ने गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

महाशाखाले आज पत्रकार सम्मेलन गरी भारतका विभिन्न स्थानमा लगी बेहोस बनाई मिर्गौला निकाली बेचबिखन गर्ने तीन जनालाई पोखरा र काठमाडौँबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक घर भई बौद्ध बस्ने विकास भन्ने बिनुबहादुर तिमल्सेना, दोलखा घर भई भक्तपुर बस्ने प्रकाश बस्नेत र कास्की घर भई पोखरा बस्ने भीमप्रसाद न्यौपाने रहेका छन् ।

सो अवसरमा महाशाखाका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालले जागिर लगाइदिने बहाना बनाएर लैजाने, विभिन्न प्रकारका खानेकुरा खुवाएर लठ्याउने र मिर्गाैला झिकेर बेच्ने तथा पुनःनेपाल ल्याइदिने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “हालसम्म पाँच जनाको मिर्गाैला झिकेर बिक्री गरेको अनुसन्धानमा खुल्न आएको छ ।”

उहाँले मिर्गाैला बेचबिखनमा संलग्न रहेको आरोपमा दुई जनाको खोजी कार्य जारी रहेको पनि बताउनुभयो ।

सात किलो सुनसहित एकजना पक्राउ

यस्तै महाशाखाले सात किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ । अवैधरुपमा सुन ओसारपसार गरेको आरोपमा सिन्धुपाल्चोक लिस्ती घर भई हाल स्वयम्भु बस्ने कुन्साङ लामालाई पक्राउ गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक खनालका अनुसार बा ८ च ७४२० नंको हाइलक्स गाडीमा राजस्व छलेर सुन ल्याउँदै गरेको अवस्थामा बुधबार साँझ उनलाई पक्राउ गरिएको हो । सुनसहित पक्राउ परेका चालक लामालाई कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पठाएको प्रहरी वरिष्ठ उपरीक्षक खनालले बताउनुभयो । रासस

वि.सं.२०७३ पुस १४ बिहीवार १३:२७ मा प्रकाशित

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई...

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले मेला–महोत्सव एवं रातको समयमा...

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

भद्रपुर (झापा) । प्रवेशाज्ञा (भिसा) दस्तुरवापत गत आर्थिक वर्ष २०८२÷८३...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेपाल केरामा आत्मनिर्भर उन्मुख

नेपाल केरामा आत्मनिर्भर उन्मुख

काठमाडौैँ । सरकारको नीतिगत प्रयास र किसानको अथक मेहनतपछि नेपाल...

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

काठमाडौँ । नेपाली कृषकलाई आफ्नो खेत–बारीमा पाकेको मकैखेती भित्र्याउन भ्याइनभ्याइ...