back
CTIZAN AD

पूर्व मुख्य सचिव भन्छन् –सरकारबाट कानुनको उलङ्घन भएको छ

वि.सं.२०७७ साउन ७ बुधवार

774 

shares

७ साउन, काठमाडौँ । पूर्वमुख्य सचिव तथा चीनका लागि पूर्वराजदूत लिलामणि पौडेलले सरकारबाट कानुनको उल्लंघन भएको बताएका छन् ।

सरकारले सार्वजनिक यातायातको सूचि संसोधन नै नगरी यातायात चलाउन निषेध गरेर आफैले कानुनको उल्लंघन गरेको बताएका हुन् ।
उनी भन्छन् ‘सार्वजनिक यातायात सरकार कै सुचीमा अत्यावश्यक सेवा भित्र पर्छ। त्यो सूची संशोधन नगरी सार्वजनिक यातायात चलाउन निषेध गरेर सरकार आफैले कानुनको उलङ्घन गरिरहेको छ। सार्वजनिक यातायात चलाउन सुरक्षा प्रणाली (प्रोटोकल) पो लागु गर्ने हो। निषेध नै गर्नु त सरकार आफैले कानुनको उलङ्घन गर्नु हो।’

उनले ‘सरकारले सार्वजनिक यातायात तुरुन्तै खोलेर आफ्नो  गल्ती सच्याओस्’ भन्ने आग्रहसमेत गरेका छन् ।

सामाजिक सञ्जालमा उनले भनेका छन् :

‘सार्वजनिक यातायात सरकार कै सुचीमा अत्यावश्यक सेवा भित्र पर्छ। त्यो सूची संशोधन नगरी सार्वजनिक यातायात चलाउन निषेध गरेर सरकार आफैले कानुनको उलङ्घन गरिरहेकोछ। सार्वजनिक यातायात चलाउन सुरक्षा प्रणाली (प्रोटोकल) पो लागु गर्ने हो। निषेध नै गर्नु त सरकार आफैले कानुनको उलङ्घन गर्नुहो।

सार्वजनिक यातायात सर्वसाधारण र न्युन आय भएकाहरुको लागि हो। अझ १२० दिन लामो लक डाउन खोल्दा समेत सर्वसाधारण हिडडुल गर्ने सार्वजनिक यातायात नखोल्नु सर्वसाधारणको सास्ती प्रतिको हदैको असम्बेदनशीलता हो। यो निर्णयबाट निजी साधन नहुने वा निजी वसहनमा चर्को मुल्य (४/५ गुणासम्म) तिरेर यात्रा गर्न विवस न्युनआय हुने सर्वसाधारण खुसी हुने कुनै कारण छैन। तसर्थ यो निर्माण सर्वसाधारणको हीतमा छैन।

सरकारले शुरु देखि नै सुरक्षा प्रणाली अपनाएर सार्वजनिक यातायात चालु राख्नु पर्थ्यो अर्थात बन्द नै गर्नु हुन्थेन । यो विषय मैले पहिले पनि पटकपटक उठाएको हो। अझ १२० दिनपछि लकडाउन खोल्दासमेत सार्वजनिक यातायात नखोल्नुलाई के भन्ने?

जिल्ला भित्र सार्वजनिक यातायात चलाउन दिने निर्णय केही दिन पहिले भएको थियो। अव लामो यात्रा गर्ने नीजि साधन नभएका र नीजि वाहनमा पैसा तिर्न नसक्नेले हरेक जिल्लाको सिमानामा सवारी साधन परिवर्तन गर्दै यात्रा गर्ने कि यात्रा नै नगर्ने? के गर्न खोजिएको हो? के बढी पैसा तिरेर नीजि गाडिमा यात्रा गरेपछि कोरोना सर्दैन? यदि नीजि गाडिमा यात्रा गर्दाका प्रकृया र शर्त कोरोना रोक्न प्रयाप्त छन् भने त्यही शर्तमा सार्वजनिक यातायात चलाउन दिन किन नहुने?

अहिले यात्रुको नीजि गाडीले गरेको अधिक दोहन प्रति निर्णय कर्ताको संवेदनहीनता आलोचना योग्यछ । नीजि वाहनले जसरी सार्वजनिक सवारी साधनमा मान्छे बोक्दा कोरोना नियन्त्रणमा के नकारात्मक असर पर्छ कुनै विश्लेषण छ? सार्वजनिक यातायातमा सुरक्षा प्रणाली (प्रोटोकल) पालना गर्दैनन् भन्ने बाहेकको कुनै कारण छ भने सर्वसाधारणलाई त्यो जान्ने हक छ। अन्याथा सार्वजनिक यातायात तुरुन्तै खोलेर सरकारले नै अत्यावश्यक सेवा निषेधगरेर गरेको गल्ती सच्याओस् भने हार्दिक आग्रह गर्दछु।’

वि.सं.२०७७ साउन ७ बुधवार ०८:४८ मा प्रकाशित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले...

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

काठमाडौँ । गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन्...

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन...

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...