back
CTIZAN AD

लकडाउन खुलेपछि मुगुमा तारा एयरको उडान सुरु, उत्साहित वने व्यवसायी

वि.सं.२०७७ साउन ८ बिहीवार

822 

shares

८ साउन, मुगु । लकलडाउन खुलेलगतै मुगुको रारा बिमानस्थलमा तारा एयरले आफनो नियमित उडान बुधबारदेखि सुरु गरेको छ

लकडाउनका कारण गत चैत देखि बन्द गरेको तारा एयरले लकडाउन अन्त्यसंगै तारा एयरले नेपालगञ्ज देखि नियमित उडान सुरु गरको छ ।

पहिलोपटक फ्लाइट खाली आएको र दोश्रो फलाइटमा ९ जना यात्रु मुगु ल्याएर फर्किदा ८ जना यात्रु लिएर उडेको तारा एयरका स्टेशन इन्र्चाज शेरबहादुर भामले बताए । बिरामी तथा यात्रु बोक्नको लागि भिजिट कर्णाली एण्ड ट्राभल्सको पहलमा तारा एयरले उडान सुरु गरेको हो ।

केही दिनअघि देखि सिता एयरले पनि रारा बिमानस्थलमा उडान गरिरहेको अबस्थामा तारा एयरले पनि नियमित उडान प्रारम्भ गरेपछि बिमानस्थलमा चहलपहल बढेको छ ।

लामो समयदेखि बेकामे बनेका एयरलाइन्सका कर्मचारी समेत यतिबेला खुशी भएका छन् । एयरलाइन्सले उडान थालनी गरेपछि बिरामी र अलपत्र परेका कर्मचारी स्थानीयलाई पनि तलमाथि आउ-जाउ गर्न सहज भएको छ ।

बिशेष गरेर बिरामी र अलपत्र परेका कर्मचारी, ब्यापारी र स्थानीयलाई ओर्सानको निम्ति तारा एयरले रारा बिमानस्थल नियमित उडान सुरु गरेको भिजिट कर्णाली एण्ड ट्राभल्सका प्रबन्धक राजु कार्कीले जानकारी गराए ।

तारा र सिता एयरले उडान सुचारु गर्न थालेपछि बिमानस्थल वरपरका होटल व्यवसायी पनि हर्षित देखिन थालेका छन् ।
लकडाउनले हवाई सेवा बन्द हुदा उकुसमुकुस भएका बिमानस्थलका होटल तथा खुद्रा व्यवसायी जहाजले फलाइट थालनी गरेपछि उत्साहित देखिएका हुन् ।

वि.सं.२०७७ साउन ८ बिहीवार ०९:५० मा प्रकाशित

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

काठमाडाैँ । नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय...