back
CTIZAN AD

कोरोना महामारीमा स्वयंसेवीलाई २१ लाख ३५ हजार पारिश्रमिक !

वि.सं.२०७७ साउन ८ बिहीवार

777 

shares

७ साउन, बाँके । कोरोना महामारीमा निःशुल्क सहयोग गर्नुपर्ने सबै नागरिकको दायित्व भएपनि नरैनापुर गाउँपालिकाले स्वयंसेवीलाई पारिश्रमिक र खाजाभत्तामा २१ लाख रुपैयाँ खर्चेको छ ।

गाउँपालिकाले क्वारेन्टाइन व्यावस्थापनमा खटिएकाहरुका लागि २१ लाख ३५ हजार ६ सय रुपैयाँ पेस्की दिएर पारिश्रामिक बाँडेको हो ।

गाउँपालिका विपत् व्यवस्थापन शाखाले रकम वितरणमाथि प्रश्न उठाउको छ । गाउँपालिकाले सात- सातजनाका दरले १७ वटा क्वारेन्टाइनमा व्यवस्थापन समिति गठन गरेको थियो । त्यसबाहेक एउटा सात सदस्यीय मूल व्यावस्थापन समिति पनि बनेको थियो । उनीहरुको पारिश्रमिक र खाजाभत्ताका लागि गाउँपालिकाबाट मूल व्यवस्थापन समितिमार्फत पेस्की लिएर रकम वितरण गरेको हो ।

मंगलबारसम्म एक सय ४४ मध्ये ८८ जनाले भत्ता बुझिसकेको विहिवारको नयाँ पत्रिका दैनिकमा समाचार छ । क्वारेन्टाइन मूल व्यवस्थापन समितिका संयोजक बृजेन्द्र यादबले एक सय ४४ जनाको २१ लाख ३५ हजार ५ सय रुपैया पेस्की लिएको बताए ।

यादब जयनकिसान माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष पनि हुन् । उनले क्वारेन्टाइन व्यवस्थापनका समितिका सदस्यमध्ये हरेक क्वारेन्टाइनमा दुई दुईजनालाई भान्से, सरसफाइकर्मी र सहयोगी तथा एकजनालाई सुपरभाइजरका रुपमा परिचालन गरी पारिश्रमिक वितरण गरेको बताए ।

संयोजक यादवका अनुसार क्वारेनटाइनमा खाना नास्ता पकाउने दुईजनालाई दैनिक आठ सयका दरले र अन्यलाई पाँच सयका दरले पारिश्रमिक वितरण गर्ने निर्णय भएको थियो । यसैबीच गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले खर्च गर्नुपरेकोमा रहर नभएर बाध्यता भएको बताएका छन ।

वि.सं.२०७७ साउन ८ बिहीवार १०:१३ मा प्रकाशित

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

काठमाडाैँ । नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय...