back
CTIZAN AD

मन्त्री मानन्धरकाे दाबी : सरकारले सुखी नेपाली र समृद्ध नेपालको मर्मअनुसार नै काम गरिरहेकाे छ

वि.सं.२०७७ साउन १० शनिवार

762 

shares

काठमाडाैं‌ । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सरकारका ऐतिहासिक कामको नतिजा जनताले देख्ने र महसुस गर्ने गरी देखिने बेला भएको बताएका छन् । सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवन, भैँसेपाटीस्थित मन्त्री निवास र मुख्यमन्त्री तथा प्रदेश प्रमुखको निवास तथा सम्पर्क कार्यालय र गोदावरीस्थित तीन हजार क्षमताको अन्तरराष्ट्रिय सम्मेलन केन्द्रको अवलोकनपश्चात राज्यमन्त्री मानन्धरले केही समयपछि परिणाम देखिने बताए ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा ‘सुखी नेपाली, समृद्ध नेपाल’को मर्मअनुसार काम भइरहेको बताउँदै सरकारले ऐतिहासिक काम गरिरहेको दाबी गरे । “वर्तमान सरकारकै पालामा नेपालमा ठूलो भवनका रुपमा संसद् भवन बन्न लाग्नु हाम्रा लागि महत्वपूर्ण विषय हो ।”

देशको मौलिक कला, संस्कृति र सभ्यतालाई जोडेर भवनको डिजाइन भएको र संरचना निर्माणपश्चात् अन्तरराष्ट्रिय जगत्मा पनि नेपालको प्रशंसा हुने मन्त्री मानन्धरले दाबी गरे । ललितपुरको भैंसेपाटीमा निर्माण भइरहेको मन्त्री, प्रदेश प्रमुख र मुख्य मन्त्री निवास र सम्पर्क कार्यालय भवनको अनुगमनका क्रममा शहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारी शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलाल लगाएतको सहभागिता रहेको थियो ।

अनुगमनका क्रममा गोदावरीमा निर्माणाधीन अन्तरराष्ट्रिय सम्मेलन केन्द्रको निर्माण ६१ प्रतिशत सकिएको पाइएको छ । ४३ रोपनी क्षेत्रफलमा निर्माणाधीन तीन हजार सिट क्षमताको सम्मेलन केन्द्र ५८ करोड लागतमा निर्माण भइरहेको छ । उक्त केन्द्र निर्माणपश्चात् राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका सभासम्मेलनका लागि ठूला होटलमा लाखौँ खर्च गर्नुपर्ने बाध्यता हट्नेछ ।

सिंहदरबारस्थित पुतली बगैँचामा निर्माणाधीन संसद् भवनको भौतिक प्रगति सात प्रतिशत रहेको छ । सरसफाइका लागि समय लागेकाले केही ढिलाइ भएको मन्त्रालयका महानिर्देशक गेलालाले जानकारी दिए । १७३ रोपनी क्षेत्रफलमा निर्माणाधीन संसद् भवन निर्माणको लागत रु छ अर्ब ९२ करोड रहेको छ । गत वर्ष असोज १६ मा सम्झौता भएको उक्त भवन निर्माणको अवधि तीन वर्षको छ ।

त्यस्तै ललितपुरको सैबु भैँसेपाटीमा निर्माणाधीन मन्त्री निवास तथा मुख्यमन्त्री र प्रदेश प्रमुखको निवासको काम २२ प्रतिशत सकिएको छ । मन्त्री निवास ९६ रोपनीमा र प्रदेश प्रमुख तथा मुख्यमन्त्री निवास २८ रोपनीमा निर्माण हुँदैछ । ती भवनको निर्माणमा पनि तीव्रता दिन मन्त्री मानन्धरले निर्देशन दिए । पारदर्शी ढङ्गले काम सम्पन्न हुनुपर्ने बताउँदै राज्यमन्त्री मानन्धरले सरकारको योजनाअनुसार काम सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गरे ।

वि.सं.२०७७ साउन १० शनिवार ११:३७ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...