back
CTIZAN AD

कविताः सुनकेशरी

वि.सं.२०७७ साउन १० शनिवार

1.2K 

shares

खोई कताबाट देखु
कतातिर भेटु,
खोजु कहाँ ? तिमीलाई
हेरेँ चारैतिर
भेटिन बाटो कतै !
द्वीबिधा भो आज मलाई ।।

बिहान सुर्यको किरणमा
मिसिएर तिमी,
आफ्नो लालित्य माथि हिमालमा
छर्दै रहेको बेला
म दिब्य दृष्ट्रिले निहार्दै
तिम्रो हरेक चाललाई
निर्मिमेष भावमा पच्छ्याई नै रहे,
तिमी रातको चन्द्रमा ले झै
स्वयत प्रकाशमा,
मायाको मिठो मुस्कान छरेर,
मन मुटुको धड्कन बनेको बेला
म भावको संगित शीत
एक्लै आँगनमा रम्दै नाची रहे ।।

दिनको घाम,र पानी बीच
क्षितीजमा ईन्द्रेणी बनेर
ईशारा गर्दै,
शप्तरंङ्गी माला बोकेर उभिदा तिमी
म शिर निहुराएर शुभ साईतको,
माल्यार्पणमा लालयित बनिरहे ।।

बशन्तको नव सृजना बोकेर
जागृतिको बाटो खन्दा तिमी
समयभरी साथमा साथ,
मुस्कुराएको अनुभव मैले,
गरि रहेको थिए ।।

शरदको शितलतामा
यौवनको महक छरेर
सुवासिलो बनेका बेला तिमी
म भँवरा बनेर
पराग भित्र प्रेमिल सेचनमा
पुलकित मनको आभा छरिरहेको
कल्पनामा मस्त थिए ।।

हेमन्तको बाली थन्काउदा,
भकारी भरी,
अन्नरुपमा
लुकी रहेकी तिमी
आँखामै सह बनेर
बसेको पाएको थिए ।।

शिशिरको सिरेटो छेल्न
पहाडको पर्खालमा आड लागेर
जीवन रक्षाको मन्त्र गाँउदै तिमी
जिन्दगीका सारा अनुचरहरुलाई
दीक्षा दिईरहेको देख्दा
म दीक्षा प्राप्तिको पात्र बनेर
तिम्रो सन्मुखमा पुग्ने
कोशिसमा तल्लिन भए ।।

तिमी यहाँ र त्यहाँ देखिदै थियौ
आफ्नो कार्यमा सायद एकलब्य भयौ
म मनको विमान चढी
बिजुली गतिमा
दिब्य दुर्भिनले हेर्दै नियाल्दै
पच्छ्याउदा नभेट्दा भौतारिदै,
सकिन भेट्न भो अब आजलाई,
भोली वसन्तको पुनःआगमन हुँदैछ,
नयाँ जीवनको पालुवा लाग्दैछ,
नव-दिनको नव-बिहानी संगै
मेरो कार्य प्राप्ति हुनुछ,
बाटो नछलि बताउ तिमी
कहाँ खोजु म, तिमीलाई
भेटु कसरी,
कुन चालमा चल्छ्यौ तिमी यसरी,
भनी देउन मलाई, खुलस्त पारी !
ओ…. मेरी हृदयकी सुनकेशरी !!।।

वि.सं.२०७७ साउन १० शनिवार ०९:४६ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...