back
CTIZAN AD

कविताः काव्याज्ञ

वि.सं.२०७७ साउन १० शनिवार

960 

shares

बिस्कुन भन्दा छरपस्ट भएर,
त्यसै यत्रतत्र छरिएका
शव्दहरुलाई समेटेर बटुल्दै
एउटा माला उन्न मन लागेको छ,
किनकि, अचेल मलाई
कवि बन्न मन लागेको छ ।
मैले छानेका थोरै शव्दहरु
धैरै खुशी हुन्छन मसंग !
र छान्न नपाएका धेरै शब्दहरु
त्यस्सै ठुस्स पर्छन अनि मुन्टो बटार्छन !
ठुस्स परेका प्रत्येक शव्दको
नियाउरो अनुहार हेर्दै
भत्भति पोलेको मेरो मन,
पुनः सुम्सुम्याउन थाल्छ
रिसाएका अनगिन्ती शब्दहरुलाई ।
र मनसंगै पिरोलिएको म
हरेक शब्दलाई फकाउन थाल्छु,
मैलै साइत गरेको
काव्याज्ञमा निम्तो गर्दै ।
निम्तो पाएर खुशी भएका
प्रत्येक शब्दहरुलाई आव्हान गर्दै
अव काव्याज्ञ थाल्नु पर्छ ।
अनि कु र अ लाई अंकमाल गर्ने
अनगिन्ति शव्दलाई
चरु वनाएर बाल्नु पर्छ ।
कुसंस्कार, कुरिति, कुमार्ग,
कुलत, कुवचन
कुख्यात इत्यादि,
साथै अन्याय,अनर्थ,अकुत,
अकाट्य, अदृष्य,
अराजक आदी आदी
काव्याज्ञमा अनेकौ शव्दले
समाजलाई वचाउँदै
चरुसंगै होमिएर मर्नु पर्छ,
अनि काव्यमा आफै उपस्थित भएर
आफ्नो विशाल अर्थ छर्नु पर्छ ।
किनकि
मलाई हरेक शव्दले अर्थ लगाएको
महाकाव्य लेख्न मन छ ।
अनि आफ्नै प्रतिविम्बमा रमाएको
सिङ्गो कवि देख्न मन छ ।

वि.सं.२०७७ साउन १० शनिवार ०९:४४ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...