back
CTIZAN AD

मुक्तकहरु

वि.सं.२०७७ साउन १० शनिवार

918 

shares

(१)
घर जस्तो भएनी हुन्छ, बस्नलाई एउटा ।
चाहे ईलाम बस्नुहोस,चाहे धरान धनकुटा ।
खाडीमा झैँ आफ्नै देशमा, पसिना बगाएमा
हिरामोती फल्छ प्रत्येक, थुम्का बुटा(बुटा ।
(२)
पिर ब्यथा नबोकेको, घर भेटिन मैले ।
हिमाल झैँ मुस्कुराएको, शहर भेटिन मैँले ।
बिदुवाहरुका खुशीका दिन, किन आएनन् ?
आजसम्म पनि यस्को, उतर भेटिन मैले ।
(३)
म कस्तो छु भन्ने ढुङ्गा, माटालाई पनि थाहा छ ।
अन्धा अपाङ्ग अनि, लाटालाई पनि थाहा छ ।
तपाईसँग त बिवेक छ, अरुको भलाई सोच्नुस्
लडाउने खेल त चिप्ला, बाटालाई पनि थाहा छ ।
(४)
लुकिछिपी लुकिछिपी नगर्नु चियो, बुझ्नुभो नी ?
अरुकै पछी लागेर जिन्दगी सकियो, बुझ्नुभो नी ?
जे गर्नु छ तत्काल छलाङ मारी हालौँ अब हामी
समयले न तपाईं न मलाई पर्खियो, बुझ्नुभो नी ?
(५)
सँधै यो देशलाई क्यारेम खेल्ने गोटी बनायौ ।
राजनीतिलाई मात्र पेट पाल्ने रोटी बनायौ ।
अरु त केही गर्या छैन नेता तिमीले खै
आफू मोटाएर श्रीमती मोटी बनायौ ।

सुर्योदय न . पा.-१३, ईलाम 
हाल बुधबारे ,झापा

वि.सं.२०७७ साउन १० शनिवार ०९:४२ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...