back
CTIZAN AD

गजल

वि.सं.२०७७ साउन १० शनिवार

954 

shares

आँखाको काम नै हेर्ने, हेर्न देऊ आज ।
यो आँखाको हेर्ने धोको, फेर्न देऊ आज ।

अरु कुरा हुँदै गर्ला, ए ! बटुवी नानी,
पीरतीले फन्को मारी, घेर्न देऊ आज ।

सल्वलाई रहेको छ, रहरको मसी,
यो छातीमा तिम्रो चित्र, केर्न देऊ आज ।

कट्मेरो त्यो वैंश बोकी,आयौ कता बाट ?
माया लाग्यो अंगालोमा, बेर्न देऊ आज ।

कहाँनेर के हुने हो, थाहा के नै छ र ?
अलिकता खुसीहरु, खेल्न देऊ आज ।

चिरञ्जीवी ढकाल,नेपालगंज-२०
राँझा एयरपोर्ट बाँके

वि.सं.२०७७ साउन १० शनिवार ०९:४० मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...