back
CTIZAN AD

कविताः बिचरा

वि.सं.२०७७ साउन १० शनिवार

1.2K 

shares

उसले नगरे पनि खास भयो
दिनरात म खट्दछु ह्रास भयो
मनमा उसको कति अन्तर छ
झुटमा खुस त्यो कुन मन्तर छ्र ।१।

छलछाम गरी उसले नहुदो
बिचमा किन हो तुष पालिरह्यो
अनभिज्ञ भएँ कुन कारण हो
उसले जनमा झुट जप्न पुग्यो ।२।

रिसले उसले त भयंकर भै
मत झार्दछु रे अब दन्त सबै
कुन कारण हो अलमल्ल थिएँ
नभएर म चञ्चल मौन थिएँ ।३।

उसका सब दुर्व्यवहारहरू
नबुझीकन उत्तर दिन्न बरू
मत निश्चल शान्त स्वभाव थिएँ
ठिक उत्तरको दिन पर्खिरहेँ ।४।

कहिले पनि टक्कर चक्कर त्यो
नभएर सधैँ सुख शान्त थियो
कुन त्यो दिन हो कुन कारण हो
नबुझेर हरे म अचानक हो ।५।

मत मौन थिएँ मत शान्त थिएँ
उनले कसरी किन श्राप दिए
जसको सब कारण जान्न सकूँ
जडको म निवारण गर्न सकूँ ।६।

मनले न कुनै रिसराग रच्यो
अझ त्यो नरमा शुभ भाव धर्यो
पछि बल्ल बुझेँ उसको दुविधा
उपचार सँगै त रहेछ बरा ।७।

जब बोल्न तयार थियो बिचरा
तब औषधले रस भाग्यो बरा
पथ त्यो र असत्य कता कुन हो
बिचरा उसमा सब एक थियो ।८।

परिवार पनि सब दूर थिए
उसको सँग केवल स्वार्थ थिए
बबुरो खुस भो झुट बात सँगै
अरुले फल त्यो बटुले सहजै ।९।

सबले उठ भन्न पुगे झुट हो
बिचरो नबुझी त्यसमै दगुर्यो
शुभचिन्तकमा कुप्रहार गर्यो
अनि निश्चित भै खुब बात गर्यो ।१०।

बिचरो बबुरो अब दुश्मनको
घरमा रमिते अब बन्न पुग्यो
न त बुझ्दछ त्यो कति घात मिल्यो
खुस नर्कतिरै बरू लात रुच्यो ।११।

छन्दः तोटक
गणः स स स स

वि.सं.२०७७ साउन १० शनिवार ०९:३८ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...